पोखरा महानगरपालिका वडा नं १५ द्वारा आयोजित आर्थिक वर्ष २०८१/२०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ। स्थानीय सरकार र नागरिकहरूका बिचमा दोहोरो संवाद स्थापित गर्दै विकास प्रक्रियामा नागरिकहरूको रचनात्मक प्रतिनिधित्व सहित जबाफदेहिता तथा पारदर्शिता प्रवर्द्धन गर्ने उद्देश्य अनुरूप सार्वजनिक सुनुवाइ कार्यक्रम बिहीबार सम्पन्न गरिएको हो ।
सार्वजनिक सुनुवाइमा स्थानीय बासिन्दा, नागरिक समाजका प्रतिनिधिहरू, राजनीतिक दल, शिक्षक तथा वडामा रहेका विभिन्न संस्थाहरू गरी करिब ४५० जनाको सहभागिता रहेको थियो ।

सहभागीहरूले दैनिक सेवा प्रवाह, विकास निर्माण, साङ्गठनिक सुशासन, पारदर्शिता तथा जबाफदेहिता, ढल, नाला तथा पानीको निकास, सार्वजनिक सम्पत्तिको संरक्षण तथा सदुपयोग, नागरिकको स्वास्थ्य, सुरक्षा र शिक्षा लगायत समुन्नत वडा निर्माणका आधारहरूका विषयमा खुलेरै गुनासा तथा सुझावहरू राखेका थिए।

प्रमुख अतिथिका रूपमा केही क्षण आएका पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिणतर्फबाट सिद्ध मावि, बनक्याम्पस, हरियोखर्कहुँदै लेकसाइड जोड्ने ६२ करोड लागतको फास्ट ट्र्याक खुल्न लागेको जानकारी दिए । यो फास्ट ट्र्याकको निर्माणले यस क्षेत्रमा सवारी आवागमन सहज हुनुका साथै पर्यटकीय गतिविधिमा सहयोग पुग्ने विश्वास लिए। “बाटो चाक्लो बनाउँदा तत्कालका लागि केही मापदण्ड छोड्नुपर्ने भएपनि नाति पुस्तालाई ठुलो अवसरका रूपमा रहने भएकाले कसैले पनि सानो मन नगर्नुहोला” मेयर आचार्यले भने।

आर्थिक वर्षको लागि विनियोजित बजेट, योजना तथा कार्यक्रमहरूको प्राथमिकता, भावी कार्ययोजना र खर्चको विवरण प्रस्तुत गर्दै वडा अध्यक्ष बानियाँले गुनासा र जिज्ञासाको जवाफ दिए। बानियाँले वडाको बृहत्तर विकासका लागि सबै नागरिकलाई समेटेर उनीहरूको सल्लाह र सुझाव अनुरूप अगाडि बढ्ने प्रतिबद्धता जनाउँदै आवश्यकता र औचित्यका आधारमा प्राथमिकता हेरेर एकपछि अर्को गर्दै विकासलाई अगाडि बढाउने बताए। पोखरा १५ लाई महानगरकै ३३ वटा वडा मध्ये उत्कृष्ट वडा बनाउन सबै वडावासीको साथ र सहयोग रहने उनले विश्वास लिए।

वाराही सञ्चार प्रा।लिले सहजीकरण गरेको सार्वजनिक सुनुवाइमा सेवाग्राहीहरूका प्रश्नका जवाफ अध्यक्ष बानियाँसहित वडा सदस्यहरू र सचिव युवराज पौडेलले दिएका थिए।
तस्वीर : मेरोदृष्टि
सम्बन्धित खबर
स्याङ्जा प्रहरीको सूचना शैलीमाथी प्रश्न: घटना हुँदा मौन, मासिक प्रतिवेदनमा विवरण छरपस्ट
स्याङ्जामा एक वर्षमा ९०५ जनाले लिए गर्भपतन सेवा, २० वर्षमुनिका ३० जना
स्याङ्जामा पशुमा कृत्रिम गर्भाधान बढ्दै, एक वर्षमा ६ हजार ६९५ पशुमा सेवा
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
लेखनाथमा गुरुकुल सञ्चालन गरिने
यो पनि पढौँ
हेम्जामा मोटरसाइकल दुर्घटना हुँदा १६ वर्षीय किशोरको मृत्यु
फुटबल खेल्न गएका २ किशाेर विजयपुर खाेलाले बगाउँदा बेपत्ता, एक सकुशल
स्याङ्जामा दुई मोटरसाइकल ठोक्किँदा दुई जना घाइते
७६ वर्षीया बृद्धामाथि जबर्जस्ती करणीको आरोपमा २१ वर्षीय युवक पक्राउ