श्यामशितल परियार,लमजुङ । सुन्दरबजार नगररपालिका–९, भोटेओडारकी लक्ष्मी जोशीको आँगनी डीलमा ढकमक्क सयपत्री फूल फुलेका छन् । बारीमा ढकमक्क फुलेका फूललाई उनले बडो जतनका साथ जोगाईराखेकी छिन ।

‘तिहार नजिकिदैँ छ । दाजुभाईलाई टिका लगाईदिँदा फूलको माला पनि चाहिन्छ । त्यसैले फुलेका फूललाई बडो जतन गरी जोगाईराखेको छु,’ उनले भनिन । जोशीका दुई दाजु छन ।

उनले वर्षेनी तिहारमा आफ्नै घर–आँगन, बारी, कान्लामा फुलेका फूलको माला दाजुहरुलाई लगाईदिदैँ आएकी छिन् । उनले अहिलेसम्म बजारमा पाईने कृत्रिम माला किनेकी छैनन । तिहारमा फूल पनि किनकी छैनन । उनको घरमात्र होईन तनहुँको भानु नगरपालिका–९, कालीमाटी बान्द्रेमा रहेको माईतीघरमा पनि ढकमक्क फूल फुलेका छन् ।

‘घरमा फुलेको फूलका साथै माईतीमा नि फुलेको फूल टिपी, माला गाँसेर यसपालीको तिहारमा दाजुहरुलाई लगाईदिनेछु,’ उनले आफ्नो चाहना सुनाइन ।
घरमै फुलेको, आफैँले टिपी, गाँसेको फूलको माला लगाईदिनुको मज्जा बेग्लै
विशेषगरी : गाउँघरमा अहिले प्राय: सबैको घर–आँगन, डील, बारी, कान्लामा ढकमक्क विभिन्न प्रजातिका फूल फुलेका छन् । आँगनी डिलमा फुलेका सयपत्री, मखमली, गुर्दौली फूलले भाटेओडार बालुनेकी शकुन्तला घिमिरेलाई लोभ्याएको छ । ढकमक्क फूलले उनलाई तिहार आएझैँ आभाष भएको छ ।

घरमै फुलेका फूलको मालाले यसपाली तिहारमा आफ्ना ३ दाजुहरुको ‘गला’ सजाईदिने उनको योजना छ । उनको माईती लमजुङकै फूलबारीमा रहेको छ । उनले पनि अहिलेसम्म तिहारमा बजारमा पाईने माला किनेकी छैनन ।

तिहारको बेला आफ्नै घरमा फुलेको, आफ्नै हातले टिपेर, गाँसेर बनाएको माला दाजुभाईलाई लगाईदिँदाको खुशी छुट्टै हुने उनि बताउछिन ।
‘मैले अहिलेम्म बजारमा पाईने माला, फूल किनेकै छैन, तिहारमा । घरमै लगाउन, हुर्काउन सकिन्छ, फूल । आफ्नो घरमा फुलेको, आफ्नै हातले टिपी, गाँसेको माला दाजुभाईलाई लगाईदिँदा प्रेम झल्कन्छ । सद्भाव हुन्छ । त्यसरी आफ्ना दाजुभाईलाई फुलको माला, सप्तरंगी टिका लगाईदिँदाको खुशी नै बेग्लै हुन्छ । महत्व नै छुट्टै हुन्छ,’ उनले मुस्कुराउँदै भनिन । उनका ३ दाजुहरु छन् ।
आयतित वस्तुको प्रयोग बढ्दो
यसवर्ष तिहार पर्व केही ढिला भएकाले बोटमै फूल सुक्ला कि, बोट भाचिएँला कि ! भन्ने चिन्ताले घर–आँगन, बारी, कान्लामा फूल हुर्काएकाहरुलाई सताएको छ । उनीहरुले ढकमक्क फुलेका फूलको बोटलाई ‘टेको’ लगाएर राखेका छन् ।

पछिल्लो समय तिहारमा घरमै फुलेको फूलको माला भन्दा पनि बजारमा पाईने कृत्रिम मालाको प्रयोग बढ्दै गएकोप्रति सँस्कृतिप्रेमी चिन्ता व्यक्त गर्छन् ।

उनीहरुको अनुसार आयतित फूल, माला, किन्नुभन्दा घर–आँगनमै फूल हुर्काउन सकिन्छ । बरु व्यावसायिक रुपमै फूलको खेती गरी मनग्य कमाउन सकिने तर्क गर्छन् ।

‘हाम्रो मूल्य–मान्यता, सँस्कारमा फूलको ज्यादै महत्व छ । तिहारमा झनै यसको महत्व बेग्लै छ । त्यसैले आयतित फूल, माला किन्नुभन्दा घरमै फूल हुर्काउन सकिन्छ । पैसा पनि जोगिन्छ । मौलिक सँस्कार पनि कायम रहन्छ । बरु गाउँघरमै फूल खेती गरी मनग्य कमाउन सकिन्छ । यसप्रति सबैको ध्यान जानु जरुरी छ,’ सँस्कृतिप्रेमी लमजुङ सुन्दरबजार–६, का रामचन्द्र बुढाप्रिथीले बताए ।


सम्बन्धित खबर
नयाँ वर्षमा प्रदेश प्रमुख भट्टको शुभकामना सन्देश
सञ्चारिक समूह गण्डकीको अध्यक्षमा राधिका सर्वसम्मत
रात्रिकालीन सडक दौडमा ५ देशका १ सय ४५ धावक सहभागी
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
स्याङ्जाको फेदीखोलामा वैशाख २ देखि नै भर्ना अभियान, ९ गतेदेखि नियमित कक्षा सञ्चालन हुने
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?