पोखराबाट दिल्लीका लागि प्रस्थान गरेको नेपाल-भारत मैत्री बस शनिबार बिहान दुर्घटना हुँदा बस चालक गोपालबहादुर ठकुरीको घटनास्थलमै मृत्यु भएको छ। कम्तीमा ८ जना नेपाली यात्रु घाइते भएका छन्।
दुर्घटना भारतको उत्तर प्रदेशको आग्रा जिल्लाको यमुना एक्प्रेस वेमा भएको हो। स्थानीय प्रहरीका अनुसार विपरीत दिशाबाट तीव्र गतिमा आएको ट्रकले बसलाई ठक्कर दिँदा दुर्घटना भएको हो। चालक ठकुरीको घटनास्थलमा नै मृत्यु भएको भारतीय प्रहरीले जनाएको छ। मृतक ठकुरीको स्थानीय ठेगाना गोर्खाको पालुङटार हो। प्रहरीका अनुसार ट्रक आफ्नो बाटो छोड़ेर गलत बाटोमा थियो। यो घटना शनिवार बिहान करिब साढे ६ बजे भएको हो।
बिहान बाक्लो कुइरो लागेकै कारण बसका चालकले विपरित दिशाबाट आफूतिर सोझै आइरहेको ट्रकलाई नदेखेको हुनसक्ने अनुमान गरिएको छ। ठक्कर दिने ट्रकका चालक घटनापछि भागेका छन्। ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ। घाइतेहरूलाई उद्धार गरी स्थानीय अस्पतालमा उपचारका लागि भर्ती गरिएको छ।
घाइते हुनेहरूको टाउको, आँखा र शरीरका अन्य अङ्गहरूमा चोट लागेको बसका एक जना यात्रु विष्णु जङ्गबहादुरले जानकारी दिए। उनी पनि घाइते छन्। ‘जतिबेला दुर्घटना भयो, त्यतिबेला हामी सुतिरहेका थियौं’, उनले भने, ‘ठूलो आवाजसहित हामी चढ़ेको बसलाई ट्रकले ठक्कर दिँदा मात्र निद्रा भङ्ग भयो।’

विष्णुकाअनुसार बसभित्रका प्रायः सबै यात्रु घाइते बनेका छन्। पोखरा निवासी नेपाल-भारत मैत्री बस सेवामा चढ़ेर दिल्ली गइरहेका थिए। उनको निधार र आँखा नजिक चोट लागेको छ।
श्रोतः शैलेन्द्र समदर्शी, नेपालखबर
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह