गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
दोस्रो नेपाल आइडल रवि ओडको परिवारले खुशी समेत राम्ररी मनाउन पाएनन् । मजदुरीदेखि म्यादी प्रहरी हुँदै सबैको मायाले नेपाल आइडल बनेका रवि ओडको सानो झुपडीमा खुशीको दियो नबल्दै निभ्न पुगेको छ ।
आज रविलाई त्यति धेरै माया गर्ने आमाको करेण्ट लागेर ज्यान गएको छ । सानैमा आमा गुमाएका रविलाई आमाभन्दा कम माया गरिनन् उनकी अर्की आमा बिस्नाले । रवि अहिले नेपाल आइडलको उपाधि उचालेपछि गृहजिल्लामै खुशीयाली मनाइरहेका छन् । ठाउँठाउँमा उनको अभिनन्दन भएको छ । भारतमा मजदुर गर्ने बुबा नेपाल आउँदैछन् । यहाँ आमा, भाइ, काकीहरु सबै खुशीयाली मनाईरहँदा आमा नै गुमाउन पुगेका छन् ।
https://youtu.be/8bTmJykp4ZE
सुदुरपश्चिमकै दिनेश एफएमबाट सञ्चालित दिनेशखबर डटकमले यो खबर ब्रेक गरेपछि रविका शुभेच्छुक, समर्थक दुःख प्रकट गरिरहेका छन् । समाचार अनुसार बिहान पानी तान्ने मोटरबाट करेन्ट लागेर गम्भीर घाइते भएकी ४५ वर्षिया विस्ना ओडलाई उपचारका लागि सेती अञ्चल अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको हो। बिहान सात बजेतिर रविका कान्छा बुबाको घरमा रहेको नल्कामा पानी लिन जाँदा चलाइएको मोटरको करेन्ट लागेको थियो । सेती अञ्चल अस्पतालको ईमरजेन्सी वार्ड इन्चार्ज कृष्ण बोहोराले करेन्ट लागेर घाइते भएकी ओडको अस्पताल पु¥याउदा मृत्यु भइसकेको पुष्टि गरेको समाचारमा जनाइएको छ ।
उनै विष्णाले रविलाई हुर्काएकी थिइन् । तर, नेपाल आइडल–२ का विजेता छोरा रविसँग त्यसको खुसी साट्न नपाउँदै विष्णाको निधन भएको छ । आमाको मृत्युको खबर पाएपछि रवि पनि सेती अञ्चल अस्पताल पुगेका छन्।
नेपाल आइडल दौरान आमासँग सम्बन्धित भिडियोहरु:
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने