सरकारले निजामती सेवा ऐन र सामाजिक मर्यादा विपरीत संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र सचिव दिनेश थपलिया लगायतविरुद्ध सामाजिक सन्जालमा ‘अवान्छित टिप्पणी’ गर्ने कर्मचारीहरुलाई कारवाहीको चेतावनी दिएको छ ।
कर्मचारी समायोजन अध्यादेश अनुसार समायोजन कार्य अघि बढेको बेला निजामति कर्मचारीहरुले सामाजिक सन्जाल पत्रपत्रिका तथा लेखरचनामा सरकार, मन्त्री, सचिव लगायत मन्त्रालयको गरिमामा आँच आउने गरि टिकाटिप्पणी गरेको संघीय मामिला मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जारी गरेको विज्ञप्तिमा भ्रामक,अवान्छित र दुराशययुक्त क्रियाकलाप गर्ने कर्मचारीलाई निजामती सेवा ऐन, सुशासन ऐन र विद्युतीय कारोबार ऐन बमोजिम कारवाही गरिने चेतावनीसमेत दिइएको छ ।
यस्ता अमर्यादित टिकाटिप्पणी गर्ने कर्मचारीको रेकर्ड मन्त्रालयले राखेको समेत विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले निजामति कर्मचारीको पेशागत मर्यादा विपरीत स्टाटस, विचार, तस्वीर राख्ने लगायत अस्वभाविक क्रियाकलाप भइरहेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘आफू निजामती कर्मचारी समेतको भूमिकामा नरहेको जस्तो गरि मन्त्री, सचिव लगायतलाई पद, वर्ण, जात, समुदाय तथा सम्प्रदायलाई समेत जोडेर सामाजिक सन्जालमा गैर जिम्मेवारपूर्ण, अनुशासन र आचरण विपरीत अभिव्यक्ति राख्ने राष्ट्रसेवक कर्मचारीको यस मन्त्रायले अभिलेख राखेको व्यहोरा सूचित गरिन्छ ।’
सरकारले कर्मचारी समायोजन अध्यादेश बमोजिम सबै निजामती कर्मचारीहरुलाई समायोजन प्रक्रियामा सहभागी हुन समेत अपिल गरेको छ ।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?