सरकारले निजामती सेवा ऐन र सामाजिक मर्यादा विपरीत संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र सचिव दिनेश थपलिया लगायतविरुद्ध सामाजिक सन्जालमा ‘अवान्छित टिप्पणी’ गर्ने कर्मचारीहरुलाई कारवाहीको चेतावनी दिएको छ ।
कर्मचारी समायोजन अध्यादेश अनुसार समायोजन कार्य अघि बढेको बेला निजामति कर्मचारीहरुले सामाजिक सन्जाल पत्रपत्रिका तथा लेखरचनामा सरकार, मन्त्री, सचिव लगायत मन्त्रालयको गरिमामा आँच आउने गरि टिकाटिप्पणी गरेको संघीय मामिला मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जारी गरेको विज्ञप्तिमा भ्रामक,अवान्छित र दुराशययुक्त क्रियाकलाप गर्ने कर्मचारीलाई निजामती सेवा ऐन, सुशासन ऐन र विद्युतीय कारोबार ऐन बमोजिम कारवाही गरिने चेतावनीसमेत दिइएको छ ।
यस्ता अमर्यादित टिकाटिप्पणी गर्ने कर्मचारीको रेकर्ड मन्त्रालयले राखेको समेत विज्ञप्तिमा उल्लेख छ । मन्त्रालयले निजामति कर्मचारीको पेशागत मर्यादा विपरीत स्टाटस, विचार, तस्वीर राख्ने लगायत अस्वभाविक क्रियाकलाप भइरहेकोमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ ‘आफू निजामती कर्मचारी समेतको भूमिकामा नरहेको जस्तो गरि मन्त्री, सचिव लगायतलाई पद, वर्ण, जात, समुदाय तथा सम्प्रदायलाई समेत जोडेर सामाजिक सन्जालमा गैर जिम्मेवारपूर्ण, अनुशासन र आचरण विपरीत अभिव्यक्ति राख्ने राष्ट्रसेवक कर्मचारीको यस मन्त्रायले अभिलेख राखेको व्यहोरा सूचित गरिन्छ ।’
सरकारले कर्मचारी समायोजन अध्यादेश बमोजिम सबै निजामती कर्मचारीहरुलाई समायोजन प्रक्रियामा सहभागी हुन समेत अपिल गरेको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
यो पनि पढौँ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
‘आत्मनिर्भर र समुन्नत प्रदेशः सुखी प्रदेशबासी’ को संकल्प पूरा गर्नुछः प्रदेश प्रमुख