धादिङ । उत्तरी धादिङको रुवीभ्याली गाउँपालिका ४ हिन्दुङमा लगातारको हिमपातपछि बेपत्ता भएका २ जना भेडागोठालाको अवस्था अझै थाहा हुन सकेको छैन । रुवीभ्याली गाउँपालिकाको केन्द्र सेर्तुङबाट ६ घण्टाको पैदल दूरीमा रहेको हिन्दुङमा करिब २ सय भेडासहित २ गोठाला बेपत्ता भएको स्थानीयवासीले जानकारी दिएका छन् ।
बेपत्तामा हुनेमा स्थानीय १७ वर्षीय धनबहादुर तामाङ र उनका ४२ वर्षीय भिनाजु नुर्बु तामाङ रहेको प्रहरीले जनाएको छ । उक्त क्षेत्रमा शुक्रबारदेखि लगातार हिउँ परिरहेको र आइतबार पनि बिहानैदेखि बाक्लो हिमपात भइरहेका स्थानीयले जनाएका छन् ।
हिमपातबाट बच्न उनीहरु ओढारमा गएको बेला पहिरो गइ पुरिएको आशंका गरिएको छ। भेडा सहित सालाभेना बेपत्ता भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। बेपत्ताको खोजीका लागि सेर्तुङचौकीबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यलय धादिङले जानकारी दिएको छ। सदरमुकाम धादिङवेशीबाट बेपत्ताको खोजीका लागि सहायक प्रमुख जिल्ला अधिकारी द्योलकराज ढकाललाई हेलिकप्टरमार्फत पठाइएको प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले जानकारी दिएका छन् ।
यसैबीच, धादिङका सांसद जगत सिंखडा र पूर्वमन्त्री बुद्धिमान तामाङ घटनास्थल पुगेर अवलोकन गरेका छन् ।



सन्दर्भ सामाग्री: अन्नपूर्ण पोष्टबाट । फोटो सौजन्य : जस थापा तामाङ
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने