धादिङ । धादिङको सदरमुकाम धादिङवेशीबाट सिद्धलेक गाउँपालिकाको नलाङतर्फ जाँदै गरेको बस नीलकण्ठ नगरपालिकाको वडा नं ८ ससाह नजिकै दुर्घटना हुँदा घाईते भएका मध्ये एक जनाको ज्यान गएको छ । १३ जना घाइते भएका छन । घाईते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको छ । दुर्घटनामा परि ज्यान गुमाउनेमा सोही बसका चालक सिद्धलेक गाउँपालिका वडा नम्बर २ का शिवराम सिलवाल रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि गम्भिर घाईते भएका चालक सिलवालको थप उपचारका लागि काठमाण्डौं लैजांदै गर्दा बिच वाटोमानै ज्यान गएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा परि नीलकण्ठ नगरपालिका वडा नम्बर ३ की बर्ष ४० को अम्बिका लामिछाने, बर्ष १५ का मनोज घिमिरे, बर्ष २२ का सतिष खाति, सिद्धलेक गाँउपालिका २ का बर्ष २२ का बिनोद सुनार, बर्ष ३५ शिब सिलवाल, बर्ष २१ का दिलिप श्रेष्ठ,सिद्धलेक गाँउपालिका १ की बर्ष ४५ बर्षिया सिता भट्टराई, बर्ष २३ कि बिनिता सुनार, बर्ष १५ का भगवति गिरि, बर्ष ३८ को भरत गिरि र सुबर्ण सिंह ठकुरीका साथै नीलकण्ठ नगरपालिका २ को बर्ष ३८ की राममाया सुनार, ज्वालामुखि गाँउपालिका २ को बर्ष २० की सम्झना सामर र नाम नखुलेको एक जना गरी १४ जना घाईते भएकोमा वस चालक सिलवालको उपचारका लागि काठमाण्डौं लैजादै गर्दा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
गम्भिर घाईते भएका ज्वालामुखि गााँउपालिका २ की सम्झना सामरी, नीलकण्ठ नगरपालिका ३ की अम्बिका लामिछाने र नीलकण्ठ नगरपालिकाकी राममाया सुनार गरी ३ जनालाई थप उपचारको लागि काठमाण्डौ लगिएको प्रहरीले जनाएको छ ।
धादिङबेसीबाट ३५ भन्दा बढी यात्रु लिएर नलाङ तर्फ गईरहेको बा ३ ख २७३१ नम्वरको बस ५ वजे तिर दुर्घटनामा परेको हो । ग्रामीण यातायात सहकारीद्धारा चलाईएको उक्त बस तीव्र गतिमा रहेको र धादिङबेसी देखिनै बस अत्याधिक गतिमा गुडेको यात्रुहरुले वताए ।
तीव्र गतीमा चलेको सो बसले धादिङबेसीमा म्याजिक भ्यानलाइ ठक्कर दिएर गएको केही बेरमानै ससाह नजिकै पुगेपछि सडक छेउको ग्यावीनजालीमा गएर ठोकिन पुगेको थियो ।
श्रोतः धादिङन्यूजडटकम । फोटो: अन्नपूर्ण पोष्ट दैनिकका धादिङ समाचारदाता मनिष दुवाडीबाट
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष