ताप्लेजुङको पाथीभरा मन्दिर नजिकैको जंगलमा एयर डाइनेष्टीको ९ एन एएमआई कल साइनको हेलिकप्टर दुर्घटना हुँदा हेलिकप्टरमा सवार संस्कृति, पर्यटन तथा नागरिक उड्ड्यन मन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको मृत्यु भएको छ ।
दुर्घटनास्थलबाट चिन्नै नसकिने अवस्थामा ६ जनाको शव फेला पारिएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले पुष्टि गरे । ताप्लेजुङको फुङलिङ नगरपालिका १० स्थित फुरुंगो सिस्नेखोलास्थित दारेढुंगाको जंगलमा हेलिकप्टर दुर्घटनाग्रस्त भएको हो ।
हेलिकप्टरमा मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक तथा एयर डाइनेष्टीका सञ्चालक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ, प्राधिकरणकै ध्रुव भोक्षिभय, अर्जुन घिमिरे, सवार थिए। हेलिकोप्टर प्रभाकर केसीले उडाएका थिए।
त्रिभुवन विमानस्थलको केन्द्रीय उद्दार समन्वय केन्द्रका प्रवक्ता प्रतापबाबु तिवारीले ६ जनाको शव फेला परेको बताए। उनले भने, ‘हेलिकप्टरको पुच्छरबाहेक सबै जलेको छ।’
हेलिकप्टर दुर्घटनापछि मन्त्रिपरिषद्काे आकस्मिक बैठक बाेलाइयाे
पर्यटनमन्त्री रवीन्द्र अधिकारी सवार एयर डाइनेस्टीको हेलिकोप्टर दुर्घटनामा परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक मन्त्रिपरिषदकाे बैठक बालुवाटार बोलाएका छन्। दुर्घटनाकाे खबर सार्वजनिक भएलगत्तै प्रधानमन्त्रीले बैठक बाेलाएका हुन्।



सम्बन्धित खबर
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
सहज सेवाप्रवाह गरेर कर्मचारीतन्त्रले नागरिकको मन जित्न सक्नुपर्छः प्रदेश प्रमुख भट्ट
झापामा देखियाे ‘बर्ड फ्लु’काे प्रकोप, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
पोखरा विमानस्थल अनियमिता प्रकरण : २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर, को को हुन् ?
ग्यास अभावमा व्यवसाय बन्द हुनथालेपछि भारतबाट फर्कन थाले नेपाली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष