पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउबाले सरकारले सीके राउतसँग गरेको सम्झौता राष्ट्रघाति रहेको बताएका छन् । उनले राउतका पछिल्ला गतिविधिबारे सरकारले स्पष्ट पार्नुपर्ने समेत माग गरे ।
मंगलबार प्रेस युनियन कास्कीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा देउवाले दपृथकतावादी आन्दोलन गर्नेसँग सम्झौता गर्नु सकारात्मक भएपनि जनमत संग्रहका लागि तयार हुनु राष्ट्रघाति हुने बताए । ’राउतले जनमत संग्रह गरेर देश टुक्राउने कुरा गरेका छन्। मूलधारमा आएको भए त्यस्तो भन्थे?,’ देउवाले भने, ’हामीले राउतलाई मूलधारमा ल्याउने कुराको विरोध गरेका छैनौं। तर उनका पछिल्ला अभिव्यक्ति राष्ट्रघाती कदमको रुपमा लिएको छु। यसको खिलापमा हामी जान्छौ।’
सहमतिको हस्ताक्षरकर्ता राउतले नै जनमत संग्रह गर्न सरकार तयार रहेको भन्दै सार्वजनिक रुपमा भन्दै हिँडेको भन्दै मधेसलाई छुट्टै राष्ट्र बनाउनुपर्ने माग गर्ने राउतले राष्ट्रघाति कार्य गरेकोमा पक्राउ गर्नुपर्ने जिकिर गरे ।
सरकारको एक वर्षको काम पनि निराशाजनक भएको भन्दै उनले सरकार संघीयतालाई कमजोर बनाउने खेलमा लागेको बताए । सरकारले एक वर्षको अवधिमा एउटै देखाउन लायक राम्रो काम नगरेको आरोप उनको छ । बरु स्थानीय तहको अधिकार खोस्न थालेर अधिनायकतर्फ जान खोजेको उनको भनाइ छ।
फौजदारी संहिताको नाममा प्रेसलाई नियन्त्रण गर्न खोजिएको र यो प्रजातन्त्रमाथिको अर्को आक्रमण रहेको उनले दाबी गरे। नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीप्रति इंगित गर्दै उनले हत्या, हिंसाको राजनीति गर्नेलाई सरकारले कारवाही गर्नुपर्नेमा जोड दिए।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष