धादिङ — बुधबार बिहान धादिङ केन्द्रबिन्दू बनाइ ५.२ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६ बजेर २९ मिनेटमा भूकम्पको धक्का महसुश गरिएको छ । त्यसको १० मिनेटपछि सोही ठाउँमा केन्द्र बनाएर ४.३ म्याग्नेच्यूटको भूकम्प गएको छ ।
गोरखा, धादिङ, रसुवा, काठमाडौं उपत्यका, मकवानपुर लगायतका जिल्लाहरुमा भूकम्पको धक्का महसुश गरिएको छ। केन्द्रका अनुसार धादिङको नौविसेलाई केन्द्रबिन्दू बनाएर भूकम्प गएको छ। बिहानै भूकम्पको धक्का महसुश गरिएको ठाउँका बासिन्दाहरु त्रसित बनेका थिए।नौबिसे र काठमाडौंमा मानिसहरुको भागाभाग पनि चलेको थियो।भूकम्पको धक्का महशुस भएपछि अहिले सामाजिक सञ्जालमा भूकम्पले २०७२ सालको वैशाख सम्झाएको, वैशाख १२ आउनुअघि नै सूचना दिएको लगायतका स्टाटस लेखिएका छन् । दोहोरिएर कम्पन आएपछि उपत्यकाबासी त्रसित भएका छन् । घरमा रहेका सर्वसाधारण पनि घर बाहिर निस्किन थाले भने अहिले सर्वसाधारणहरु खुल्ला ठाउँ नजिक गएको पनि देखियो।
पहिलो कम्पनको १० मिनेटपछि अर्को कम्पन आएपछि केही त्रास सिर्जना भएको छ । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले सामाजिक सञ्जालमार्फत धादिङको नौबिसे केन्द्र भएर ५.२ म्याग्नेच्यूटको भूकम्प गएको जनाएको छ ।
चार वर्ष अघि १२ वैशाखमा विनाशकारी भूकम्प गएको थियो । वैशाख १२ को अघिल्लो दिन भूकम्पले हल्लाउँदा धेरै मानिस बाहिरै निस्किएका छन् । तर भूकम्प मापन केन्द्रले भने यो दुबै पराकम्प नै भएको बताएको छ ।

भारतको अरुणाञ्चलमा शक्तिशाली भूकम्प
भारतको उत्तर पूर्वी राज्य अरुणाञ्चल र असममा बुधबार बिहानै शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ ।
अरुणाञ्चल राज्यको राजधानी इटानगरबाट १८० किलोमिटर दक्षिण पश्चिम केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का अरुणाञ्चल, असम तथा सीमावर्ती चीनका क्षेत्र, तिब्बत तथा म्यानमारमा पनि महसुस भएको थियो ।
सुरुमा ६.१ म्याग्निच्युडको भनिएको भूकम्पको ५.८ म्याग्निच्युडको रहेको युएस जिओलोजिकल सर्वे (युएसजिएस) ले जनाएको छ । भूकम्प नेपाली समय अनुसार बुधबार बिहान २ बजे गएको हो ।
सम्बन्धित खबर
‘बाढीमा बेपत्ता भएकालाई मृत घोषणा गर्न १२ वर्ष कुर्न हुँदैन, निर्णय होस्’
देउवालाई गगनको व्यंग्य– वडा अधिवेशनको उद्घाटन गर्न आइदिनुस्
पूर्वाधारमन्त्री सुनिल लम्सालको सचिवालय ३९ सदस्यीय ! फेरि थपियो विज्ञ सल्लाहकार
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
मौलापुरकी मेयरले बालेनलाई भनिन्: टुकुचामा गाडिदिने भन्नुहुन्थ्यो, क-कसलाई लालबकैयामा गाड्नुपर्ने हो, सल्लाह पाऊँ
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा