धादिङ — बुधबार बिहान धादिङ केन्द्रबिन्दू बनाइ ५.२ रेक्टर स्केलको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज बिहान ६ बजेर २९ मिनेटमा भूकम्पको धक्का महसुश गरिएको छ । त्यसको १० मिनेटपछि सोही ठाउँमा केन्द्र बनाएर ४.३ म्याग्नेच्यूटको भूकम्प गएको छ ।
गोरखा, धादिङ, रसुवा, काठमाडौं उपत्यका, मकवानपुर लगायतका जिल्लाहरुमा भूकम्पको धक्का महसुश गरिएको छ। केन्द्रका अनुसार धादिङको नौविसेलाई केन्द्रबिन्दू बनाएर भूकम्प गएको छ। बिहानै भूकम्पको धक्का महसुश गरिएको ठाउँका बासिन्दाहरु त्रसित बनेका थिए।नौबिसे र काठमाडौंमा मानिसहरुको भागाभाग पनि चलेको थियो।भूकम्पको धक्का महशुस भएपछि अहिले सामाजिक सञ्जालमा भूकम्पले २०७२ सालको वैशाख सम्झाएको, वैशाख १२ आउनुअघि नै सूचना दिएको लगायतका स्टाटस लेखिएका छन् । दोहोरिएर कम्पन आएपछि उपत्यकाबासी त्रसित भएका छन् । घरमा रहेका सर्वसाधारण पनि घर बाहिर निस्किन थाले भने अहिले सर्वसाधारणहरु खुल्ला ठाउँ नजिक गएको पनि देखियो।
पहिलो कम्पनको १० मिनेटपछि अर्को कम्पन आएपछि केही त्रास सिर्जना भएको छ । राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रले सामाजिक सञ्जालमार्फत धादिङको नौबिसे केन्द्र भएर ५.२ म्याग्नेच्यूटको भूकम्प गएको जनाएको छ ।
चार वर्ष अघि १२ वैशाखमा विनाशकारी भूकम्प गएको थियो । वैशाख १२ को अघिल्लो दिन भूकम्पले हल्लाउँदा धेरै मानिस बाहिरै निस्किएका छन् । तर भूकम्प मापन केन्द्रले भने यो दुबै पराकम्प नै भएको बताएको छ ।

भारतको अरुणाञ्चलमा शक्तिशाली भूकम्प
भारतको उत्तर पूर्वी राज्य अरुणाञ्चल र असममा बुधबार बिहानै शक्तिशाली भूकम्पको धक्का महसुस भएको छ ।
अरुणाञ्चल राज्यको राजधानी इटानगरबाट १८० किलोमिटर दक्षिण पश्चिम केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युडको भूकम्प गएको हो । भूकम्पको धक्का अरुणाञ्चल, असम तथा सीमावर्ती चीनका क्षेत्र, तिब्बत तथा म्यानमारमा पनि महसुस भएको थियो ।
सुरुमा ६.१ म्याग्निच्युडको भनिएको भूकम्पको ५.८ म्याग्निच्युडको रहेको युएस जिओलोजिकल सर्वे (युएसजिएस) ले जनाएको छ । भूकम्प नेपाली समय अनुसार बुधबार बिहान २ बजे गएको हो ।
सम्बन्धित खबर
तेस्रोलिंगीको नेतृत्वमा समाजवादी समावेशी पार्टी दर्ताको निवेदन
प्रमुख सचेतक जिम्मेवारी सम्हालिसकेका सन्तोष परियारले छाडे रास्वपा
मतदाता दर्ताको म्याद ५ दिन थप, अनलाइन सुविधाले सहज तर सर्भर नचलेर हैरान
दल र नेतालाई स्थानहद तोकेर कस्तो चुनाव गर्न खोजेको हो?: ओली
आन्दोलनका जलाइएकी मेरी श्रीमतीको उपचार राज्यको दायित्व होइन भने कसको हो ?: झलनाथ खनाल
मधेसमा सभामुखको पाँच सांसद पदमुक्त गर्ने निर्णय उपसभामुखले गरिन् बदर
यो पनि पढौँ
राप्रपाका खनाल र रास्वपाका पाण्डे पोखराबाट पक्राउ
एमबीबीएस प्रवेश परीक्षाः पोखराको प्रतिभाका ५ विद्यार्थी टप १०० मा पर्न सफल
एमबीबीएस प्रवेश परीक्षामा उत्कृष्ट विद्यार्थीलाई प्रतिभाको सम्मान
प्रतिभाको विज्ञान प्रदर्शनीमा ‘सर्भिङ रोबोट’ सर्वोत्कृष्ट