धादिङ । अविरल बर्षासँगै गएको पहिरोले घर भत्किदाँ धादिङमा बालिकाको मृत्यु भएको छ । शुक्रबार गजुरी गाउँपालिका वडा नं ४ दरिङगाल बालुवाडाँडामा स्थानीय कृष्णबहादुर तामाङको एक तले ढुङगा माटो र टिनले छाएको कच्ची घरमा पहिरो आइ घर भत्किदाँ उनको छोरी ८ वर्षीय अस्मिता तामाङको मृत्यु भएको हो ।
घटनामा तामाङका १२ वर्षीय छोरा जयराम तामाङ घाईते भएका छन् । घाईतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । बुधबारदेखि लगातार परेको पानीका कारण पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरो तथा लेदो खसेर सडक अवरुद्ध भएको छ । जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० बादरेमोडमा लेदो खस्दाँ पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो ।
त्यस्तै सदरमुकाम धादिङबेसीस्थित नीलकण्ठ नगरपालिका वडा नं ३ शीलतबजारको सडक भासिदाँ दर्जनौ घर पहिरोको जोखिममा परेको छ । भुकम्पका कारण भत्किएको सडक निर्माण हुन नसक्दाँ जोखिम मोलेर बसिरहेका सो क्षेत्रमा बर्षाको पानीले सडक भासिन थालेको स्थानीयको भनाई छ । पानीले सडक एक फिट भन्दा तल भासिएर पहिरो सुरु भएको छ ।
पाबिल न्यूजबाट ।
सम्बन्धित खबर
‘बाढीमा बेपत्ता भएकालाई मृत घोषणा गर्न १२ वर्ष कुर्न हुँदैन, निर्णय होस्’
देउवालाई गगनको व्यंग्य– वडा अधिवेशनको उद्घाटन गर्न आइदिनुस्
पूर्वाधारमन्त्री सुनिल लम्सालको सचिवालय ३९ सदस्यीय ! फेरि थपियो विज्ञ सल्लाहकार
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
मौलापुरकी मेयरले बालेनलाई भनिन्: टुकुचामा गाडिदिने भन्नुहुन्थ्यो, क-कसलाई लालबकैयामा गाड्नुपर्ने हो, सल्लाह पाऊँ
कृष्णभीरमा पहिरो हटाएर खुल्यो नयाँ ट्रयाक, असोज १ देखि दुईतर्फी खुल्ने
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा