धादिङ । अविरल बर्षासँगै गएको पहिरोले घर भत्किदाँ धादिङमा बालिकाको मृत्यु भएको छ । शुक्रबार गजुरी गाउँपालिका वडा नं ४ दरिङगाल बालुवाडाँडामा स्थानीय कृष्णबहादुर तामाङको एक तले ढुङगा माटो र टिनले छाएको कच्ची घरमा पहिरो आइ घर भत्किदाँ उनको छोरी ८ वर्षीय अस्मिता तामाङको मृत्यु भएको हो ।
घटनामा तामाङका १२ वर्षीय छोरा जयराम तामाङ घाईते भएका छन् । घाईतेको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । बुधबारदेखि लगातार परेको पानीका कारण पृथ्वी राजमार्गका विभिन्न ठाउँमा पहिरो तथा लेदो खसेर सडक अवरुद्ध भएको छ । जिल्लाको बेनिघाट रोराङ गाउँपालिका वडा नं १० बादरेमोडमा लेदो खस्दाँ पृथ्वी राजमार्ग अवरुद्ध भएको थियो ।
त्यस्तै सदरमुकाम धादिङबेसीस्थित नीलकण्ठ नगरपालिका वडा नं ३ शीलतबजारको सडक भासिदाँ दर्जनौ घर पहिरोको जोखिममा परेको छ । भुकम्पका कारण भत्किएको सडक निर्माण हुन नसक्दाँ जोखिम मोलेर बसिरहेका सो क्षेत्रमा बर्षाको पानीले सडक भासिन थालेको स्थानीयको भनाई छ । पानीले सडक एक फिट भन्दा तल भासिएर पहिरो सुरु भएको छ ।
पाबिल न्यूजबाट ।
सम्बन्धित खबर
रवि लामिछानेमाथि थुनछेक बहस सुरु
आजदेखि स्वस्थानी व्रतकथा सुरु
यी स्थानमा वर्षा र हिमपातको सम्भावना
रविलाई फेरि प्रहरीको जिम्मा लगाउन अदालतको आदेश
मकवानपुरमा स्कार्पियो र कार ठोक्किँदा २ जनाको मृत्यु, १२ घाइते
वर्षा र हिमपातको सम्भावना कहाँ-कहाँ?
यो पनि पढौँ
पोखरामा सेती ड्यामबाट खसेर डब्लूआरसी पढ्ने २१ वर्षीय संगमको मृत्यु
जोमसोममा झोलुङ्गे पुलबाट खसेर पोखराका युवकको मृत्यु
चर्को आलोचना भएपछि एनसेलले सुटुक्क पहिले जस्तै बनायो रिचार्जको म्याद
हराएको एक हप्तापछि जंगलमा मृत भेटिए किशोरकिशोरी