नेपालमै उत्पादित वस्तुलाई प्रोत्साहन गर्न सरकारले आयातित वस्तुमा कडाइ गरेको छ । केराउ, बदाम, आलु घ्यु, कुखुराको मासु, चकलेट विस्कुट, चाउचाउ, आइक्रिम, जुस, मिनरल, चुइगम जस्तापाता, जुक्ता, चप्पल, धागो, त्रिपाल लगायतका कृषिजन्य तथा औद्योगिक वस्तुहरुको स्वदेशी उत्पादनलाई संरक्षण गर्न ती वस्तुको आयातमा भन्सारदर बढाइएको अर्थमन्त्रालयले जनाएको छ ।
मदिराको अन्तशुल्क १० प्रतिशतसम्म बढ्यो
बधुबारदेखि लागू हुने गरी मदिराको अन्तशुल्कमा १० प्रतिशतसम्मको शुल्क बढाइएको छ । अल्कोहलको मात्रा हेरेर मदिराजन्य पदार्थको मूल्य वृद्धि गरिएको हो । सरकारले ल्याएको आर्थिक विधेयकमा मदिराको युपि शक्ति र अल्कोहलको मात्रा हेरेर भन्सार र अन्तशुल्कदर बढाइएको छ । आयात गरिएको मदिराजन्य पदार्थमा तोकिएको भन्दा एक प्रतिशतपनि बढी परेमा उच्चदरको अन्तशुल्क लाग्नेछ ।
घरजग्गा कारोबारको लाभकर दर घट्यो
व्यावसायकि घरजग्गाको कारोबारमा अग्रिम करको रुपमा लाग्दै आएको पुँजीगत लाभकरको दर घटेको छ । यस्तै वित्तीय कारोबार गर्ने सहकारीहरुलाई नगरपालिकाभित्र पाँच प्रतिशत र उपमहानगरपालिका र महानगरपालिकाभित्र १० प्रतिशत मात्र कर लाग्ने व्यवस्था छ ।
यता जल यातायातका साधनहरुको पैठारी महसुल १५ प्रतिशतबाट घटाएर ५ प्रतिशत कायम गरिएको छ । यस्तै विदेशबाट फर्केका नेपालीले आफ्नो साथमा ल्याएको १०० ग्रामसम्मको सुनको गहना महसुल तिरेर पैठारी गर्न सकिनेछ ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष