काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जिल्ला इन्चार्ज र सह-इन्चार्ज टुंगो लगाएको छ ।बालुवाटारमा आइतबार बसेको पार्टीको सचिवालय बैठकले ७७ जिल्ला र ६ महानगर कमिटीका इन्चार्ज र सहइन्चार्जहरुको टुंगो लगाएको हो ।
[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”32270″ /]
मन्त्री र मुख्यमन्त्री को-को बने नेकपाको जिल्ला इन्चार्ज ?
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीले संघीय सरकारका मन्त्री र प्रदेश सरकारका मुख्यमन्त्रीलाई समेत जिल्ला इन्चार्जको जिम्मेवारी दिएको छ । प्रदेश सरकारका मन्त्रीहरु जिल्ला इन्चार्ज र सहइन्चार्ज बनेका छन् । संघीय सरकारका प्रवक्त सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटा काभ्रे जिल्लाको इन्चार्ज बनेका छन् । नेकपा केन्द्रीय सदस्य समेत रहेका बास्कोटा यसअघि भने इन्चार्जको भूमिकामा थिएनन् ।
त्यस्तै, भूमि व्यवस्था तथा सहकारी मन्त्री पद्मा अर्याललाई स्याङ्जा जिल्लाको इन्चार्ज बनाइएको छ । उनी साबिक एमालेमा पनि जिल्ला इन्चार्ज थिइन् । कृषि राज्यमन्त्री रामकुमारी चौधरी सुनसरीको सहइन्चार्ज बनेकी छन् ।
कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही कालिकोट जिल्ला इन्चार्ज बनेका छन् । प्रदेश ३ सरकारका मुख्यमन्त्री डोरमणि पौडेलबाहेक केन्द्रीय सदस्य रहेका सबै मन्त्रीले जिल्ला इन्चार्ज र सहइन्चार्जको जिम्मेवारी पाएका छन् ।
आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जमरकट्टेल धादिङको इन्चार्ज बनेका छन् भने अर्थमन्त्री कैलाश ढुंगेल रामेछापको सहइन्चार्ज बनेका छन् । त्यस्तै पर्यटनमन्त्री अरुण नेपार्ल र सामाजिक विकासमन्त्री युवराज दुलाल सिन्धुपाल्चोकको सहइन्चार्ज बनेका छन् ।
प्रदेश १ का अर्थमन्त्री इन्द्र आङ्वो पाँचतर जिल्ला इन्चार्ज बनेका छन् भने प्रदेशमन्त्री जगदिश कुसियत सुनसरीको सहइन्चार्ज बनेका छन् । गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला मन्त्री हरिवहादुर चुमान तनहुँ जिल्ला इन्चार्ज बनेका छन् भौतिक पुर्वाधार मन्त्री रामशरण बस्नेत मनाङको इन्चार्ज बनेका छन् ।
प्रदेश ५ का भौतिक पूर्वाधारमन्त्री बैजनाथ चौधरी पश्चिम नवलपरासीको इन्चार्ज बनेका छन् भने कर्णाली प्रदेशका आन्तरिक मामिला मन्त्री नरेश भण्डारी जुम्लाको सहइन्चार्ज बनेका छन् । सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिलामन्त्री प्रकाश शाह बाजुराको सहइन्चार्ज बनेका छन् ।
जिल्ला कमिटी सरहको मान्यता पाएका महानगर कमिटीमध्ये केन्द्रीय सदस्य रहेका मेयरलाई महानगर इन्चार्जकै जिम्मा दिइएको छ । यस्तो जिम्मेवारी पाउनेमा पोखरा महानगरपालिका मेयर मानबहादुर जिसी र भरतपुरकी रेणु दाहाल छन् । यसअघि साबिक जिल्ला कमिटीका अध्यक्षहरुलाई नै एकीकृत पार्टीका अध्यक्ष र सचिव बनाउने क्रममा जिल्ला सचिव बनेका केही नेता अहिले पुनः जिल्ला इन्चार्ज र सहइन्चार्ज बनेका छन् ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष