धादिङको थाक्रेमा बससँग ठोक्किएर माइक्रो बस खोलामा खस्यो, १३ घाइते

धादिङको थाक्रेमा बससँग ठोक्किएर माइक्रो बस खोलामा खस्यो, १३ घाइते

Dhading-Accident-Khanikhola

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका-१ खयरघारीमा बससँग ठोक्किएर माइक्रो बस खोलामा खस्दा १३ जना घाइते भएका छन् ।

काठमाडौंबाट भैरहवातर्फ जाँदै गरेको लु २ ख २१३४ नम्बरको बसले चितवनबाट काठमाडौंतर्फ जाँदै गरेको बा ५ ख ३१५१ नम्बरको माइक्रोलाई सोमबार बिहान सवा ८ बजेतिर ठक्कर दिएको थियो । माइक्रो बस सडकबाट करिब २५ मिटर तल चिसापानी खोलामा खसेको छ ।

दुर्घटनामा घाइते भएका सबैलाई उपचारका लागि काठमाडौंस्थित ट्रमा सेन्टरमा पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक रुपक खड्काले जानकारी दिए । खड्काका अनुसार बस चालक नवलपरासीको बर्दघाट नगरपालिका-७ बस्ने २३ वर्षीय अंकित रेग्मीलाई इलाका प्रहरी कार्यालय खानीखोलाले नियन्त्रणमा लिएको छ । दुर्घटनापछि पनि बाटोमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ