गुल्मी । गुल्मीमा पहिरोमा पुरिएर मृत्यु हुनेको संख्या १० पुगेको छ । २ जना बेपत्ता भएका छन् । जिल्लाको सत्यवति गाउँपालिकाको २ वटा वडामा पहिरोले घर पुरिँदा १० जनाको मृत्यु भएको ।
सत्यवति गाउँपालिकाको लिम्घामा एकै घरका ८ जनाको र ठूलो लुम्पेकमा २ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरुमा एकै घरका ६५ वर्षीय छल्ली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अंजली बिक, १० वर्षीय हेमन्त बिक, रुपा बिक, सिवानी बिक, निर्मला बिक, हिमान्सु बिक रहेका छन् । एक जना बालक सन्दीप बिक मामाघरमा गएकाले जिवितै रहेको बताइएको छ ।
सत्यवति गाउँपालिका ३ को ठूलो लुम्पेक कसिन डाँडा पहिरोमा पुरिएर ३२ वर्षीय तिलकुमारी त्रामु, ९ वर्षीय दर्शन त्रामु मृत्यु भएको हो । उनीहरु आमाछोरा हुन् । सोही वडामा रुद्र बिकको घर पनि पहिरोले बगाएको छ । पहिरोले घर बगाउँदा ४० वर्षीय मायाँ बिक र १६ वर्षीय गबि बिक बेपत्ता भएका छन् ।
पहिरोमा पुरिएर २ जना घाइते भएका छन् । सत्यवति ४ का १० वर्षीय करिश्मा त्रामु र १३ वर्षीय धनि त्रामुको घाइते भएको प्रहरीले जनाएको छ । सोमबार रातिदेखि परेको अबिल वर्षातले घरमाथिबाट पहिरो जँदा घरमा सुतिरहेकाहरुको मृत्यु भएको हो ।ठूलो पहरो भएकाले मृत्यु हुनेहरुको संख्या वृद्धि हुनसक्ने बताइएको छ । पहिरोले लिम्घासमा ४ घर जोखिममा रहेका छन् ।

सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष