बुटवल । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेकपा नेतृत्वको सरकार कम्युनिष्ट नभएको बताएका छन् । सरकारमा रहेका नेताहरुको आनीवानी, आचारण, नीति, सिद्वान्त कम्युनिष्ट सिद्धान्त र आदर्शसँग मेल नखाने उनले बताए ।
पार्टीनिकट अखिल नेपाल राष्ट्रिय उद्योग व्यापार संघ रुपन्देहीको दोस्रो जिल्ला सम्मेलन उद्घाटन गर्दै केसीले सरकारले कम्युनिष्टको नाममा भ्रम सिर्जना गरेको आरोप लगाए । ‘चुनाव जितेर सत्तामा पुग्नका लागि मात्रै नेकपाले आफूलाई कम्युनिष्ट भनेर जनतालाई भ्रममा पारेको हो’, केसीले भने, ‘शिक्षा र स्वास्थ्य क्षेत्रमा आफैंले लगानी गर्ने, निजीकरण र व्यापारिकरण गर्ने, चुनावमा निष्ठावानलाई नभई करोडपतिहरुलाई टिकट बाँड्ने पार्टी पनि कम्युनिष्ट हुन्छ ?’
अध्यक्ष केसीले राष्ट्रियता, अखण्डता र सार्वभौमिकता संकटमा परेको र सरकार विदेशीको इशारामा चलेको भन्दै देश बचाउन विदेशी शक्ति केन्द्रहरुसँग सजग रहनुपर्नेमा जोड दिए । सरकार विदेशी शक्ति केन्द्रहरुसँग बोल्न डराएकै कारण नेपाल अहिलेसम्म परनिर्भतामा रहेको र व्यापार घाटाले अर्थतन्त्र थिचिएको बताए ।
नेपालमा भएका उद्योग कलकारखाना भारतको इशारामा बन्द गरिएको दाबी गर्दै केसीले सत्ताको लोभमा सत्तासिनहरु बोल्न डराएको बताए । नेपालले तीन तहको संघीयता थेग्नै नसक्ने दाबी गर्दै केसीले केन्ऽ र स्थानीय तहलाई बलियो बनाएर प्रदेशको संरचना खारेज गर्नु पर्ने बताएका छन् ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष