काठमाण्डौ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा सार्वजनिक भएको भिडियो किर्ते गरिएको भन्दै आएको जाहेरी दर्ता गर्न महानगरीय प्रहरी परिसर काठमाण्डौले अस्वीकार गरेको छ । पुडासैनी आत्महत्या प्रकरणको अनुसन्धानका क्रममा हिरासतमा रहेका सञ्चारकर्मी रवि लामिछानेकी श्रीमती निकिता पौडेल भिडियो किर्ते गरिएको भन्दै चितवन प्रहरीका प्रमुख एसपी दानबहादुर मल्ल, जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दिन महानगरीय प्रहरी परिसर काठमाण्डौ पुगेकी थिईन् ।
तर परिसरले यो मुद्दा आफ्नो क्षेत्राधिकारभन्दा बाहिरको भन्दै जोहरी लिन नमानेको निकिताका वकिल राजेन्द्र सेढाईँले जानकारी दिए । यो घटना चितवन प्रहरीले हेरिरहेकाले काठमाण्डौ प्रहरीले हेर्न नमिल्ने भन्दै फर्काइदिएको उनले बताए । अब उनले जिल्ला सरकारी वकिलको कार्यालय काठमाण्डौमार्फत मुद्धा अघि बढाउने पनि बताए ।
जाहेरी दर्ता लिन नमानेपछि निकिता पौडेलले काठमाण्डौ प्रहरीप्रति असन्तुष्टि पोखेकी छन् । यही घटनामा मृतक पुडासैनीकी श्रीमती सम्झना पुडासैनीले दिएको उजुरी चाहिँ क्षेत्राधिकारभित्र पर्ने तर आफूले दिन खोज्दा चाहिँ त्यो क्षेत्राधिकारभन्दा बाहिर कसरी भयो भन्दै उनले प्रश्न गरिन् । पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको आरोपमा सञ्चारकर्मी रवि लामिछाने, युवराज कँडेल र स्टाफ नर्स अस्मिता कार्कीलाई प्रहरीले हिरासतमा लिएको छ ।
http://gandaknews.com/nikita-police/
सम्बन्धित खबर
वरिष्ठ कलाकार सुनिल थापाको निधन
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण