पोखरा । चितवन सरकारी वकिलको कार्यालयले रवि लामिछानेसहित तीन जनाविरुद्ध जिल्ला अदालत चितवनमा मुद्दा दर्ता गराएको छ । तीनै जनालाई पाँच वर्ष कैद र ५० हजार जरिवाना माग गरिएको छ । पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा गत ३० साउनमा पक्राउ परेका रविसहित तीनै जनालाई दुरुत्साहन अभियोगमा मुद्दा दर्ता गराएको हो ।
पाँच पाँच दिन गरी दुई पटक म्याद थप गरेर अनुसन्धान गरेपछि प्रहरीले अनुसन्धान प्रतिवेदन सरकारी वकिलको कार्यालयमा आइतबार बुझाएको थियो । प्रहरी अनुसन्धान प्रतिवेदन अध्ययन पश्चात सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गराएको छ । प्रहरीले आइतबार बिहान १० बजेपछि सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन मिसिलसहित पेस गरेको थियो।
आत्महत्या दुरुत्साहन गरेको पर्याप्त प्रमाण भेटियोः सरकारी वकिलको कार्यालय
पुडासैनीले आत्महत्या गर्नुमा पर्याप्त प्रमाण भेटिएकाले मुद्दा दर्ता गरिएको सरकारी वकिलको कार्यालयले जनाएको छ । मुद्दा दर्ता भएकाले आजै थुनछेक बयान सुरु भएको छ । एउटै इजलासमा पालैपालो बयान लिइने भएकाले बयान लम्बिएको हो। बयान सकिएपछि भोलि बहस हुनेछ। बहसपछि मात्रै रिहा गर्ने वा कारागार चलान गर्ने आदेश अदालतले दिनेछ।
रवि र युवराजको बयान भोलि, पुनः हिरासतमै
आरोपीको बयान भोलिसम्मका लागि लम्बिएको छ । आइतबार पुडासैनीकी प्रेमिका भनिएकी अस्मिता कार्की रुकुको बयान सकिएको छ । बाँकी २ जना रवि लामिछाने र युवराज कँडेलको बयान भोलि बिहान १० बजेपछि लिइने छ । अदातलका मुख्य न्यायधिस हेमन्त रावलको इजलासमा लिखित बयान लिइएको हो। उनीहरूलाई आइतबार प्रहरी हिरासतमानै राखिने छ।
अब के हुन सक्छ ?
सो थुनछेक बहसपछि ३ वटा सम्भावना रहने वरिष्ठ अधिवक्ता चन्द्रकान्त ज्ञवाली बताउँछन् । पहिलो, सुनुवाईका क्रममा प्रथम दृष्टिमै दोषी देखिने प्रमाण पाएमा उनीहरुलाई थुनामा पठाउन सक्ने । दोस्रो, केही प्रमाण देखिएमा र केही संदिग्ध देखिएमा धरौटी मागेर साधारण तारेखमा छाड्न सक्ने र तेस्रो, केही नै प्रमाण नपाएमा अदालतले रिहा गर्न पनि सक्ने ।
मृत्यु प्रकरणका आरोपी रवि, युवराज र अस्मितालाई गएको साउन ३० गते काठमाडौंबाट पक्राउ गरी चितवन ल्याई प्रहरी हिरासतमा राखिएको छ। पत्रकार पुडासैनी साउन २० गते नारायणगढस्थित पोखरा बसपार्कमा रहेको होटल कंगारुको कोठाभित्र झुण्डिएको अवस्थामा मृत फेला परेका थिए।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा लामिछानेसहित तीन जनालाई गत ३० साउनमा पक्राउ गरी हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ । २० साउनमा पत्रकार पुडासैनीले आत्महत्या गरेका थिए ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष