काठमाडौं : कार्तिक १० र ११ गते हुने जापानिज भाषाको तयारी अन्तिम चरणमा पुगेको छ। भाषा परीक्षाका लागि जापान फाउन्डेसनले तयारी गरिरहेको छ। जापानले पहिलो चरणमा नर्सिङ केयर (केयर गिभर)का लागि परीक्षा सञ्चालन गर्न लागेको हो। परीक्षामा सामेल हुने विद्यार्थीले अनलाइनबाट फारम भर्नु पर्नेछ। भाषा सञ्चालन गर्दै आएको जापान फाउन्डेसनको कार्यालय नभएकाले नेपालस्थित जापानी राजदूतावासबाट टोकन लिनुपर्छ। टोकन पश्चातमात्रै अनलाइनबाट फारम भर्न पाइन्छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार भाषा परीक्षाका लागि जापान फाउन्डेसनले छिट्टै सूचना प्रकाशित गर्नेछ। वेवसाइटमा सूचना प्रकाशित भएपछि टोकन लिने र अनलाइनबाट फारम भर्न पाइन्छ। नर्सिङ केयरका लागि एन फो तहको परीक्षा उत्तीर्ण गर्नुपर्छ। सामान्य भाषा र पेसागत भाषामा उत्तीर्ण गरेपछि मात्रै सीप परीक्षणमा सहभागी हुन पाउने व्यवस्था छ।
जापनिज भाषा परीक्षा दिन चार हजार पाँच सय येन शुल्क तोकिएको छ। भाषामा सामेल हुन २५ सय, सीपमा एक हजार र नर्सिङ क्षेत्रका लागि एक हजार शुल्क तिर्नुपर्ने उल्लेख गरिएको छ। छनोटमा परेका कामदारको भिसा प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्ने समझदारीमा उल्लेख छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह