काठमाडौं । प्रहरीको कुटाइबाट सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महर, सचिब सुदेश पराजुली, नेता समिक बडाल सहितका बिद्यार्थी नेताहरु घाइते भएका छन् ।
बुधबार विहान पक्राउ परेका चिकित्सा शिक्षा अध्ययन संस्थान आईओएमका स्ववियु सभापति मिलन गैरेसहित नेताहरुलाई भेट्न ठूलो संख्यामा नेपाल पुलिस क्लब पुगेका विद्यार्थीलाई गेटभित्र प्रवेश गर्न नदिन प्रहरीले बल प्रयोग गरेको थियो ।
सामान्य घाइते भएका महर घर फर्किसकेका छन् भने पराजुलीको पराजुलीको टाउको र ढाडमा चोट लागेको छ । हाल उनको काठमाडौं मोडल अस्पतालमा उपचार भैरहेको छ । त्यस क्रममा अनेरास्ववियु संयोजक ऐन महर, समिक बडाल, सुदेश पराजुलीलगायतका विद्यार्थी नेताहरु घाइते भएका हुन् । घाइते विद्यार्थीको बागबजारस्थित काठमाडौं मोडल अस्पतालमा उपचार भइरहेको छ ।
महानगरीय प्रहरी परिसरका प्रवक्ता डीएसपी होविन्द्र वोगटीले ठूलो समूह पुलिस क्लबभित्र प्रवेश गर्न खोजेकाले प्रवेश गर्न नदिने क्रममा घटना भएको बताए । महेन्द्र पुलिस क्लवभित्र राखिएका विद्यार्थी नेतालाई भेट्न चार–चार जनालाई समुहगत रुपमा पालैपालो भेट्न दिइएपनि धेरै विद्यार्थी एकैपटक जान खोजेपछि भिडलाई नियन्त्रणमा ल्याउन खोज्दा सामान्य चोटपटक लागेको बताए ।
भिडलाई नियन्त्रण गर्न खोज्दा गेटमा रहेका सुरक्षाकर्मीमाथी विद्यार्थी नेताले नै हेल्मेट प्रहार गरेपछि दुइजना प्रहरी घाइते भएका छन् । प्रहरी माथीनै हेलमेट प्रहारभएपछि भिडलाई नियन्त्रण गर्न खोज्दा विद्यार्थी नेतालाई पनि सामान्य चोटपटक लागेको बोगटीले बताए ।
प्रहरी दमन विरुद्ध अनेरास्ववियुको विज्ञप्ती
विद्यार्थी नेताहरुमा माथि कुटपिट भएको घटना प्रति अनेरास्ववियु केन्द्रीय कमिटिले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सह–संयोजक रन्जित तामाङले प्रेश विज्ञप्ती निकालेर विद्यार्थी नेताहरु माथि प्रहरीले दमन गरेको भन्दै घटनाको भत्र्सना गरेका छन् ।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष