काठमाडौं । नयाँ नोटमा केरमेट वा जथाभावी प्रयोग नगर्न राष्ट्र बैंकले अनुरोध गरेको छ । नोट जलाउने, केरमेट गर्ने तथा काम नलाग्ने बनाउनु गैरकानूनी भएको र त्यसो गरे ३ महिनासम्म जेल सजाय समेत हुनसक्ने भन्दै सचेत रहन राष्ट्र बैंकले अनुरोध गरेको हो ।
गत भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध (संहिता) ऐन को दफा २६३ मा नोटमा केरमेट गरे, जलाए तथा नोटमा विभिन्न किसिमले हानी नोक्सानी र्पुयाए ३ महिनासम्म कैद र ५ हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।
नेपाल राष्ट्र बैंकले विगतमा झै यस वर्ष पनि दशैंका लागि नयाँ नोट छपाउने गृहकार्य सुरु गरेको छ । दशैं आउन चानचुन एक महिना बाँकी रहँदा राष्ट्र बैंकले गृहकार्य सुरु गरेको हो । कहिले र कति परिमाणमा छपाउने भन्ने टुंगो लागिनसकेको मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मी प्रपन्न निरौलाले बताए । उनले नयाँ नोटसँगै यस वर्ष ‘सुकिला नोट’समेत वितरण गर्ने योजना गरेको सुनाए । पुरानो प्रक्रियाअनुसार नयाँ नोट वितरण गर्ने र त्यसले अपुग भएमा पुराना तर सुकिला नोट दिएर पठाउने उनको भनाइ छ ।
गत वर्ष राष्ट्र बैंकले दशैंका लागि मात्रै ६२ करोड रुपैयाँभन्दा बढी खर्च गरेर ५, १०, २०, ५० र १०० दरका नयाँ नोट छपाइ गरेको थियो । दशैंका लागि गत वर्ष राष्ट्र बैंकले प्रतिव्यक्ति १० रुपैयाँ, २० रुपैयाँ, ५० रुपैयाँ र १ सय रुपैयाँका १र१ बण्डल र ५ रुपैयाँको २ वण्डलसम्म वितरण गरेको थियो ।
अन्य चाडपर्वमा पनि सटही गरिने
नयाँ नोट सटहीमा समेत राष्ट्र बैंकले समावेशिताको नियम लागु गर्ने भएको छ । यसअघि दशैंका बेला ठूलो परिमाणमा नयाँ नोट सटही सुविधा प्रदान गर्दै आएको राष्ट्र बैंकले अन्य जातजाति तथा भाषाभाषीहरूले मनाउने पर्वमासमेत नयाँ नोट सटही सुविधा प्रदान गर्ने भएको हो ।
राष्ट्र बैंकले नव वर्ष, उभौली पर्वरवुद्धजयन्ती, गाईजात्रा, गौरा पर्व, हरितालिका तीज, संविधान दिवस, इन्द्रजात्रा, जितिया पर्व, तिहार, छठ पर्व, फाल्गुनन्द जयन्ती, गुरु नानक जयन्ती, उधौली पर्वरयोमरी पुन्ही–ज्यापु दिवस, क्रिसमस, ल्होसार, माघी पर्व, महाशिवरात्री, फागु पूर्णिमा, घोडेजात्रा, ईद आदि राष्ट्रिय चाड(पर्व तथा राष्ट्रिय दिवसहरूमा नयाँ नोट साट्न सकिने व्यवस्था सुरु गरिसकेको छ ।
नयाँ नोट काठमाडौंको थापाथलीस्थित राष्ट्र बैंक कार्यालयका साथै उपत्यका बाहिरका राष्ट्र बैंकका विराटनगर, जनकपुर, वीरगञ्ज, पोखरा, सिद्धार्थनगर, नेपालगञ्ज र धनगढी कार्यालयहरूबाट समेतसटही गर्न सकिने व्यवस्था मिलाइएको राष्ट्र बैंकले जानकारी दिएको छ ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष