काठमाडौं– सभामुख कृष्णबहादुर महराको सचिवालयले सभामुख महरामाथि लगाइएको यौन दुर्व्यवहारको आरोपमा कुनै सत्यता नभएको जनाएको छ । महराका प्रेस संयोजक डिल्ली मल्लले जारी गरेको प्रेस वक्तव्यमा विभिन्न मिडियामा आएको सामाचरामा जस्तो सत्यता नरहेको र भ्रम फैलाउन खोजिएको जनाइएको छ ।
आरोप लगाउने महिलाले कर्मचारी समायोजनको रिस पोखेको उल्लेख छ । कर्मचारी समायोजनमा सामान्य प्रशासन र स्वास्थ्य मन्त्रालयले नै सबै प्रक्रिया मिलाउने हुँदा स्वास्थ्य शाखाका कर्मचारीहरु र ती महिला पनि असन्तुष्ट रहेको भन्दै विज्ञप्तीमा असन्तुष्टिलाई लिएर सभामुख महराको बारेमा पूरै गलत, कपोकल्पित र अनर्गल समाचार प्रवाह भएको दाबी गरिएको छ ।
सभामुखको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको भन्दै विज्ञप्तिमा समाचार र घटना सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको जनाइएको छ ।
‘सभामुख महराको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भर्त्सना गरे पनि कम हुन्छ ।’ विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने