नेपाल र चीनबीच १४ बुँदे संयुक्त वक्तव्य जारी, एकअर्काको चिन्ता र हितको सामना गर्न सहमत

नेपाल र चीनबीच १४ बुँदे संयुक्त वक्तव्य जारी, एकअर्काको चिन्ता र हितको सामना गर्न सहमत

xi_bidai

काठमाडौं– चिनियाँ राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणमा भएका सहमतिबारे दुवै देशका तर्फबाट १४ बुँदे संयुक्त वक्तव्य जारी भएको छ । सीको राजकीय भ्रमणले दुई देशबीचको सम्बन्ध थप सुदृढ गरी आगामी दिनमा द्विपक्षीय हित र सम्बन्ध विस्तारमा सहयोगी हुने विश्वास सो संयुक्त वक्तव्यमा उल्लेख गरिएको छ ।

सीको भ्रमणका क्रममा दुबै देशबीच द्विपक्षीय सम्बन्ध विस्तार क्षेत्रीय र अन्तर्राष्ट्रि चासोका बारेमा विचारको आदानप्रदान भएको जनाइएको छ । दुबै देश एक अर्कोको स्वतन्त्रता, सम्प्रभुता र क्षेत्रीय अखण्डतालाई सम्मान गर्न र एक अर्काको चिन्ता र हितको सामना गर्न सहमत भएका छन् । दुबै देश असल छिमेकी नीतिको पालना गर्ने र स्थिरता र विकासमा मिलेर अघि बढ्न सहमत भएको वक्तव्यमा उल्लेख गरिएको छ ।

नेपाली पक्षले एक चीन नीति प्रतिको आफ्नो दृढतालाई दोहोराएको छ र ताइवान चिनियाँ क्षेत्रको एक अक्षम्य हिस्सा रहेको र तिब्बत मामला चीनको आन्तरिक मामला भएको जनाइएको छ । नेपाली भूमिमा चीन विरोधी गतिविधि हुन नदिन नेपाल दृढ रहेको जनाइएको छ ।

त्यस्तै चिनियाँ पक्षले नेपालको स्वतन्त्रता, सम्प्रुभुता र क्षेत्रीय अखण्डतालाई अक्षुण राख्न नेपाल प्रति आफ्नो दृढ समर्थन दोहोराएको छ र स्वतन्त्र रुपमा नेपालको सामाजिक व्यवस्था र विकासको पथप्रति चीनको समर्थन र सम्मान व्यक्त गरेको छ ।

नेपाल र चीन बेल्ट एण्ड रोड पारस्परिक रुपमा अवसर रहेको र दुवै देशलाई फाइदा हुने गरि अघि बढ्नका लागि सहयोग पु¥याउने परियोजना रहेकोमा सहमत भएका छन् । यसले यो क्षेत्रको शान्ति स्थायित्व र विकासका लागि फाइदा पुग्ने विषयमा दुबै पक्षको विश्वास लिएको संयुक्त प्रेस वक्तव्यमा जनाइएको छ ।

हेर्नुस् संयुक्त वक्तव्यको पूर्ण पाठ –

[wp-embedder-pack width=”100%” height=”400px” download=”all” download-text=”” attachment_id=”37391″ /]

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ