काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको सचिवालयको बैठक उप-निर्वाचनका उम्मेदवारको टुंगो आज लगाउने सकेन। बैठकमा उपनिर्वाचनका लागि पार्टीबाट उम्मेदवार चयन गर्ने विषयमा प्रारम्भिक छलफल मात्र भएको छ। बैठकमा कास्की क्षेत्र नम्बर २, तीन वटा प्रदेशसभा र रिक्त स्थानीय तहमा मंसीर १४ गते हुने उपनिर्वाचनका लागि उम्मेदवार चयन गर्नेबारे प्रारम्भिक छलफल भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालुवाटारमा बसेको बैठकपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, ‘आज समय अभावका कारण उम्मेदवारको चयन हुन सकेन। भोलि पुन: बैठक बसेर उम्मेदवार छनोट हुनेछ।’
आजको बैठकले तल्ला कमिटिले पठाएका नामहरुको प्रारम्भिक अध्ययन मात्रै गरेको प्रवक्ता श्रेष्ठले जानकारी गराए। उनले भने, ‘कहीँबाट १ जनाको मात्रै सिफारिस परेको छ। कहीँ तीन जनाको सिफारिस आएको छ। केही ठाँउबाट त्यो भन्दा बढी पनि नाम आएको छ।’
उनले आइतबार बस्ने सचिवालय बैठकले उम्मेदवार तय गर्ने जानकारी दिए। सचिवालय बैठक आइतबार कति बजे बस्ने भन्ने अहिले तय भइसकेको छैन।बैठकमा प्रधानमन्त्री ओलीले आफ्नो स्वास्थ्य अवस्थाको पनि जानकारी गराएका थिए। प्रधानमन्त्री ओलीको बोली उधृत गर्दै श्रेष्ठले भने,‘गम्भीर समस्या भएर सिकिस्त भएको होइन। चिकित्सकको परामर्श अनुरुप डायलाइसिस गरिएको हो।’
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष