आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव सुरु (फोटो फिचर)

आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव सुरु (फोटो फिचर)

IMG_20191106_115115

किरण श्रेष्ठ, तनहुँ । नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँको आयोजनामा बुधबारदेखि चौथो आदिवासी जनजाती तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव सुरु भएको छ ।

परिषदकी अध्यक्ष बसुन्धरा घर्तीको अध्यक्षतामा भएको महोत्सवको बुधबार प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ(किसान)ले उद्घाटन गरेका थिए ।

महोत्सवमा बुधबार विभिन्न जातजाति तथा संघसंस्थाको गरि २ सय १ झाकी वटा झाकी रहेको महोत्सवका प्रवक्ता नन्दु थापाले जानकारी दिए । अनसन चौतारिबाट सुरु भएको र्याली सफा सडक हुँदै पृथ्वी राजमार्गबाट महोत्सव स्थल सम्म पुगेको थियो ।

महोत्सव कार्तिक २० गतेदेखि कार्तिक ३० गतेसम्म संचालन हुने नेपाल आदिवासी जनजाती महासंघ जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष बसुन्धरा घर्तीले बताईन ।

महोत्सवको तयारी सकिएको र महोत्सव स्थलमा २ सय ३० स्टलहरु रहेको उनलेे जानकारी दिइन । ३ लाख दर्शकले महोत्सव अवलोकन गर्ने र ३ करोड बराबरको कारोबार हुने लक्ष्य आयोजकले लिएको छ ।

त्यसैगरी महोत्सवमा गायक प्रमोद खरेल, पशुपति शर्मा, बद्री पंगेनी, प्रिती आले, प्रकाश सपुत, ज्योति मगर,नबिन पौडेल, कमला घिमिरे लगायतका चर्चित राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति हुने महोत्सवका प्रवक्ता नन्दु थापाले जानकारी दिए ।

नयाँ ठाउँको प्रचारप्रसार गर्न नयाँ स्थान छनौट गरि महोत्सव व्यास-४ सिमलटारमा गर्न लागिएको महोत्सव आयोजकले बताए ।

विभिन्न जातजातिको मौलिक संस्कृतिलाई बढी प्राथमिकता दिइने अध्यक्ष घर्तीले बताईन । ‘टिकटको मुल्य अहिले ६० रुपैयाँ र विद्यार्थीको हकमा भने ४० रुपैयाँ राखिएको छ’ अध्यक्ष घर्तीले भनिन ‘वृद्धवृद्धा लाई भने निशुल्क महोत्सव अवलोकन गर्ने व्यवस्था रहेको छ ।’

महोत्सवबाट हुने मुनाफाबाट परिषद तनहुँको अधुरो भवन पुरा गर्ने उद्देश्यका साथ महोत्सव गर्न लागिएको उनले बताईन । जनजाति नमुना गाउँ, आदिवासीको कला संस्कृतीलाई मुख्य प्राथमिकतामा राखेर महोत्सव संचालन गरिएको उनले जानकारी दिईन ।

महोत्सव स्थल पुग्न बसको व्यवस्था

महोत्सव पहिले हुने स्थान भन्दा नयाँ स्थानमा गर्न लागिएको भएको हुँदा बसको व्यवस्था गरिएको छ ।

दर्शकको सुविधा लाई मध्यनजर गर्दै महोत्सव स्थल सम्म पुग्नको लागी बसको व्यवस्था गरिएको महोत्सव मुल समारोह समितिकी संयोजक बसुन्धरा घर्तीले जानकारी दिइन । बसले दमौलीको भोर्लेटार चोकबाट १५-१५ मिनेटको अवधिमा महोत्सव स्थल सम्म दर्शकलाई लैजाने छ ।

उद्घाटन कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, महोत्सवका निर्देशक सिद्धान्त थापा, नेपाली काङ्ग्रेस तनहुँका कार्यबहाक सभापति जितप्रकाश आले, नेकपा नेता मदन आले, गण्डकी प्रदेशका सांसद डोबाटे विक, राम बहादुर गुरुङ, पुर्वमन्त्री शिवलाल थापा मगर, राष्ट्रिय सभा सदस्य प्रकाश पन्थ लगाएतले बोलेका थिए ।

भोलिको आकर्षण

बिहिबार महोत्सवको दोस्रो दिन हास्यकलाकार एवं गायिका सन्ध्या बुढामगर(काउली बुढी), गायक राजु गुरुङ, गायक राजन कार्की र गायिका लक्ष्मी नेपाली लगाएत स्थानीय कलाकारको प्रस्तुति रहने कलाकार व्यवस्थापन समितिका संयोजक शेरबहादुर बोटेले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ