बर्दिया गेरुवा गाउँपालिका ४ का नवीन सिग्देल ट्याक्स् ड्राइभर हुन् । काठमाण्डौमा उनले बा२ ज ४०७१ नंको ट्याक्सी भाडामा चलाउँदै आएका छन् ।
सोमबार दिउँसो साढे १ बजे लक्की रिजाल लाजिम्पाटबाट थापाथली नर्भिक अस्पताल चोकसम्म उनकै ट्याक्सीमा यात्रा गर्दै थिइन्। गन्तव्यमा पुगेपछि उनी ट्याक्सीबाट ओर्लिइन्, तर ‘लगेज’ ट्याक्सीमै छुट्यो। रिजालले लगेज छुटाएको कुरा चालकले पनि झट्ट थाहा पाएनन्। रिजाललाई ट्याक्सीको नम्वर पनि थाहा भएन।
रिजालले आफ्नो लगेज ट्याक्सीमा छुटेको भन्दै साढे ३ बजे ट्राफिक प्रहरी महाशाखामा निवेदन दिइन्। उक्त ट्याक्सीको ट्राफिक प्रहरीले खोजी गर्न थाल्यो। त्यत्तिकैमा ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्वर १०३ मा फोन आयो। त्यो फोन गर्ने व्यक्ति उनै ट्याक्सी चालक नविन थिए। एक यात्रुको लगेज आफ्नो ट्याक्सीमा छुटेको ट्राफिक प्रहरीलाई जानकारी दिए। मनकारी सिग्देलको यो कार्यले लक्कीले एकदमै महत्वपूर्ण सामानहरु फिर्ता पाईन् । प्रहरीलाई तनाव भएन । यो सहयोगले नविनले नै सुनको सिक्री उपहार स्वरुप पाए ।
ट्राफिक प्रहरी महाशाखाको खोजतलास शाखाले छुटेको लगेजसहित चालक सिग्देललाई उपस्थित गरायो। रिजाललाई पनि सम्पर्क गरी महाशाखाका प्रहरी उपरीक्षक राजकुमार बैदवारले छुटेको लगेज हस्तान्तरण गरे। रिजालको लगेजमा थियो। १३ तोला बराबरको सुनका गरगहना, ल्यापटप, महत्वपूर्ण मेडिकल कागजपत्रहरु लगेजमा थियो।
हस्तान्तरणपछि लगेज धनीले इमान्दारिताको प्रशंसा गर्दै एक थान सुनको सिक्री पुरस्कारस्वरुप चालकलाई प्रदान गरिन् ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष