धादिङकाे गजुरीमा दुर्घटना: नायिकासहित दुईकाे मृत्यु

धादिङकाे गजुरीमा दुर्घटना: नायिकासहित दुईकाे मृत्यु

mahima

धादिङ । धादिङको गजुरी गाउँपालिका २ चाम्बासमा बुधबार साँझ बससँग ठोक्किएर स्कुटरमा सवार दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चितवनको भरतपुर महानगरपालिका १३ गीतानगरकी २२ वर्षीया नायिका महिमा सिलवाल र शर्मिला सिलवाल रहेको प्रहरीले जनाएको छ ।

नायिका महिमा सिलवालको उपचारको क्रममा प्राथमिक स्वास्थ्य केन्द्र गजुरीमा मृत्यु भएको प्रहरीले जनाएको छ । भैरहवाबाट काठमाडौं जादै गरेको लु २ ख १३५ नम्बरको बस र सिलवाल सवार बा ९८ प ७०५८ नम्बरको स्कुटर बुधबार साँझ पौने ६ बजे ठोक्किएका थिए ।

दुर्घटनामा गम्भीर घाइते भएकी शर्मिला सिलवालको काठमाण्डौ स्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक भोजराज पाण्डेले जानकारी दिए ।

बहिनीको ईगेजमेन्टमा चितवन जाँदै गर्दा गएराती उक्त दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु भएका महिमा र सर्मिला दिदीबहिनी हुन् । बससहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ