काठमाडौं- बलात्कारको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वसभामुख कृष्णबहादुर महराले सफाइ पाएका छन्। साेमबार जिल्ला अदालत काठमाडौंले निर्दोष रहेको फैसला सुनाएको हो। महरा कात्तिक १८ गतेदेखि डिल्लीबजार कारागारमा पुर्पक्षका लागि थुनामा थिए । उनीविरुद्ध जबरजस्ती करणी प्रयासमा पाँच वर्ष र सार्वजनिक पद धारण गरेर कसुरको प्रयास गरेको भन्दै थप साढे २ वर्ष गरी साढे ७ वर्ष कैद सजाय अभियोगपत्रमा माग गरिएको थियो ।
निर्दोष ठहरिएसँगै महरा १३४ दिनपछि घर फर्किनेछन्। दुवै पक्षबाट भएको बहस आइतबार सकिएकाे थियाे। साेमबार न्यायाधीश अम्बरराज पौडेलको इजलासले महरा निर्दोष भएको फैसला सुनाएको हो। आइतबार महराका पक्षमा वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठ, लव मैनाली, शेरबहादुर केसी, भीमार्जुन आचार्य, सविता भण्डारी बरालसँगै अधिवक्ताहरु दिनमणि पोखरेल, सुशील सापकोटा र मुरारी सापकोटा लगायतका ३७ जना अधिवक्ताले बहस गरेका थिए। महरा पक्षका कानुन व्यवसायीको बहसअघि सरकारी वकिलले बहस गरेका थिए।
असोज १२ गते संसद् सचिवालयकी कर्मचारीलाई बलात्कार गरेको आरोप लागेपछि महराले असोज १४ गते सभामुखबाट राजीनामा दिएका थिए। लगत्तै उनी असोज १९ गते महाअष्टमीका दिन सभामुखको सरकारी निवास बालुवाटारबाट पक्राउ परेका थिए ।
करिव १ महिना प्रहरी हिरासतमा रहेका महरालाई काठमाडौं जिल्ला अदालतले कात्तिक १९ गते पुर्पक्षका लागि जेल चलान गराउने आदेश दिएको थियो । सभामुखबाट राजीनामा दिएका र सांसद पदबाट निम्लबनमा परेका उनले आफूविरुद्ध लागेको आरोप अस्वीकार गर्दै आएका थिए।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष