काठमाडौं । बलात्कार आरोप खेपेर डिल्लीबजार कारागारमा रहेका निवर्तमान सभामुख कृष्णबहादुर महराले जिल्ला अदालत, काठमाडौंबाट सफाइ पाए । उनले साँझ विज्ञप्ती जारी गर्दै आफ्ना प्रतिक्रिया सार्वजनिक पनि गरेका छन् । उनको विज्ञप्ती कुटनीतिक ढंगले आएको परिचर्चा सुरु भएको छ ।
विज्ञप्तीमा उनले मुलुकको स्वाधीनताको रक्षा आफ्नो पहिलो र उच्च प्राथमिकतामा रहने बताएका छन् । जेलबाट छुटेलगत्तै महराले ‘स्वाधीनताको रक्षा पहिलो प्राथमिकता भनेर एमसीसीतिर संकेत गरेको हुनसक्ने कतिपयको अनुमान छ । यद्यपि महराले वक्तव्यमा केही उल्लेख गरेका छैनन् ।
महरा पक्राउ परेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक रुपमै अमेरिकासँग भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौतालाई संसदमा रोकेको आरोप लगाएका थिए । प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर कतिपयले एमसीसी रोकेकै कारण महरालाई फसाइएको दाबीसमेत गरेका थिए ।
रिहा भएको केही घन्टामा महराले दाङ–२ का सांसदको हैसियतमा वक्तव्य जारी गर्दै भनेका छन्ः ‘एक देशभक्त नेपालीका रुपमा मुलुकको स्वाधीनताको रक्षा मेरो पहिलो र उच्च प्राथमिकतामा सधैं थियो, अहिले पनि छ र सदैव रहिरहनेछ ।’
महराले ३० दिन प्रहरी हिरासत र १०३ दिन डिल्लीबजार कारागारमा बसी तथाकथित आरोप खेपेको तर अदालतले निर्दोष ठहर गर्दै सफाइ दिएको बताएका छन् । साथै, उनले आफूप्रति सद्भाव राख्ने सबैलाई धन्यवाद भनेका छन् ।

सम्बन्धित खबर
एमाले फर्किएकी झाँक्री केन्द्रीय सदस्यमा लोकप्रिय मतले निर्वाचित
रवि लामिछाने भोलि मात्र छुट्ने
गण्डकीका खगराज अधिकारी सचिव पदमा विजयसँगै पदाधिकारीमा इन्ट्री, पद्मा दोहोरिइन्
महासचिव नपाएपछि उपाध्यक्ष त्याग्दै केन्द्रीय सदस्यको उम्मेदवार बनेका ज्ञवाली सर्वाधिक मतले निर्वाचित
एमाले पदाधिकारीमा उपाध्यक्ष पृथ्वीसुब्बा गुरूङलाई सर्वाधिक मत
महासचिवमा टक्कर दिएका सुरेन्द्र पाण्डे केन्द्रीय सदस्य पदमा पराजित
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?