प्रधानमन्त्री केपी शर्मा ओली दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्न सोमबार साँझ अस्पताल भर्ना हुने भएका छन्। बुधबार मिर्गौला प्रत्यारोपण गर्न लागेका प्रधानमन्त्रीले अस्पताल जानुअघि व्यस्तता बढाएका छन्।
आइतबार बिहान नेकपा सचिवालय बैठकमा सहभागी भएका प्रधानमन्त्री ओलीले दिउँसो पनि राजनीतिक भेटघाट जारी राखे। साँझ बोलाएको मन्त्रिपरिषद्को आकस्मिक बैठक पनि रातिसम्म लम्बिएको थियो।
सोमबार बिहान पनि प्रधानमन्त्री बैठकमा व्यस्त भएका छन्। प्रधानमन्त्री ओलीलाई भान्जी नाता पर्ने एक जना महिलाले मिर्गौला दिने भएकी छन्।
प्रधानमन्त्री ओलीले आइतबार बिहान नेकपाको सचिवालय बैठकमा बुधबार मिर्गौला प्रत्यारोपण गर्न लागेको जानकारी गराएका थिए । २० मिनेट चलेको सचिवालय बैठकमा ओलीले आफ्नो स्वास्थ्यस्थिति र प्रत्यारोपण योजनाबारे सुनाएका थिए ।
सचिवालय बैठक बस्नुअघि पनि ओली स्वास्थ्य परीक्षणका लागि अस्पताल पुगेका थिए । बैठकमा ओलीले आफ्नो शल्यक्रिया त्रिवि शिक्षण अस्पतालमा हुने र त्यसका लागि आवश्यक तयारीका सबै काम पूरा भएको जानकारी गराएका थिए । बैठक बस्नुअघि ओलीले नेकपाका केही नेताहरूसँग छलफल पनि गरेका थिए ।
छलफलमा पनि उनले आफ्नो उपचारबारे कुराकानी गरेको ती नेताहरूले बताए । ‘अब म मिर्गौला प्रत्यारोपण गर्न जान्छु,’ ती भेटहरूमा ओलीले भने, ‘जनताको शुभकामना र आशीर्वाद छ, पाँचौं दिनमा निको भइहाल्छु, चिन्ता नगर्नुस् ।’
यसअघि प्रधानमन्त्री ओलीले आफू मिर्गौला प्रत्यारोपणका लागि पाँच दिनमात्र अस्पताल बस्ने बताएका थिए।तर चिकित्सकहरूले प्रधानमन्त्री ओलीले कम्तीमा एक साता अस्पतालमा बस्नु पर्ने बताएका छन्। प्रधामन्त्री ओलीको दोस्रो पटकको मिर्गौला प्रत्यारोपणका लागि पहिलो पटक उनको मिर्गौला प्रत्यारोपण गरेका भारतीय चिकित्सक डा. अनन्त कुमार पनि सामेल हुने बताइएको छ । तर त्यसबारे अस्पताल प्रशासन र प्रधानमन्त्री ओलीको सचिवालयले खुलाएको छैन।
ओलीको उपचारलाई सफल बनाउने चिकित्सकको प्रयास
दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सोमबार महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुन लागेका प्रधानमन्त्री केपी शर्मा ओलीको समग्र उपचार कसरी सफल बनाउने भन्नेबारे छलफल गर्न र कार्य्विभाजन गर्न अस्पतालका चिकित्सकहरुको बैठक बसेको छ ।
प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि मन्त्रिपरिषद बैठक बस्ने
प्रधानमन्त्री ओली अस्पताल भर्ना हुनुअघि सोमबार(आजै) मन्त्रिपरिषद्को नियमित बैठक समेत बस्नेछ । यसअघि आइतवार(हिजो) राति पनि मन्त्रिपरिषद् बैठक बसेको थियो ।
मोदीले ओलीलाई भने – पशुपतिनाथले तपाईंलाई सधैँ स्वस्थ राखून्
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मिर्गौला प्रत्यारोपण सफल होस् भनी शुभकामना दिएका छन्।
सोमबार बिहान ट्विट गर्दै मोदीले भनेका छन् – ‘मेरा प्यारा मित्र केपी शर्मा ओलीजी, तपाईंको सफल शल्यक्रिया र छिटै तन्दुरूस्तीको कामना गर्दछु। भगवान् पशुपतिनाथले सधैँ तपाईंको सुस्वास्थ्य, खुसी र दीर्घायूको आशिर्वाद दिऊन्। नेपाल – भारत सम्बन्धलाई नयाँ उचाइमा लैजान तपाईंको निरन्तर योगदान भइरहेको हेर्न चाहन्छु।’
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष