काठमाण्डाै – विश्वभरि फैलिरहेकाे काेभिड–१९ (कोरोना भाइरस) का कारण नेपालमा नाकाबन्दी हुने आशङ्का व्यक्त गर्न थालिएको छ । चीनको वुहानबाट देखिएको भाइरसले विश्वव्यापी अर्थतन्त्रमा नकारात्मक प्रभाव पार्ने विश्लेषण भइरहेका बेला नेपालमा कोरोनाको कारण नाकाबन्दी हुने आशङ्का गर्न थालिएको हो ।
स्वास्थ्य सेवा विभागका महानिर्देशक तथा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले ३०/४० जना व्यक्तिमा मात्रै कोरोनाको सङ्क्रमण देखिए नेपालमा नाकाबन्दी हुन सक्ने चिन्ता व्यक्त गरे । ‘भूकम्पपछि नेपालले व्यहोरेको नाकाबन्दी पीडादायी छ । ३०/४० जनामा मात्रै कोरोना भाइरसको सङ्क्रमण देखिएमा त्यो भन्दा ठूलो पीडा हुन सक्छ’, उनले भने ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका चिकित्सक डा. राजेशकुमार शाहले कोरोना भाइरसबाट बच्न सावधानी अपनाउनु पर्ने बताए । उनले जथाभाबी भिडभाडमा नजान र जानै परे मास्क लगाएर जान आग्रह गरे । । ६० वर्षभन्दा माथिका नागरिक, डाइबिटीज, मुटुसम्बन्धी समस्या र दमका रोगीहरुलाई सङ्क्रमणको दर बढी देखिएको उल्लेख गर्दै उनले समयसमयमा साबुनपानीले हात धुन आग्रह गरे ।
पहिलो पटक कोरोनाको आशङ्कामा ट्रपिकल सेन्टरमा भर्ना भएका एक जनामा बाहेक यसको सङ्क्रमण देखिएको छैन । सङ्क्रमण देखिएका व्यक्ति पनि उपचारपछि घर फर्किसकेका छन् । यद्यपि, कोरोनाको आशङ्कामा परीक्षणका लागि अस्पताल पुग्नेहरुको सङ्ख्या भने बढिरहेको छ ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष