विप्लव समुहका तनहुँ इन्चार्ज पुनसहित दुई गोरखाबाट पक्राउ

विप्लव समुहका तनहुँ इन्चार्ज पुनसहित दुई गोरखाबाट पक्राउ

Purnajit Pun

तनहुँ । नेत्र विक्रम चन्द ‘विप्लव’ समुहका तनहुँ जिल्ला इन्चार्ज सहित दुई जना पक्राउ परेका छन् ।

रोल्पाको सनुछहरी गाउँपालिकाका ३९ वर्षीय पुर्णजीत पुन र तनहुँको बन्दिपुर गाउँपालिकाका २१ वर्षीय पर्वतबहादुर सेढाईलाई बुधबार गोरखाको लक्ष्मीबजारबाट पक्राउ परेका हुन ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय गोरखाको टोलि पक्राउ गरेको हो ।

पुन विप्लव तनहुँ जिल्ला इन्चार्ज हुन् भने सेढाईं विद्यार्थी संगठनका कार्यकर्ता हुन् ।

उनीहरु विरुद्ध सार्वजनिक मुद्धा दर्ता गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाका एसपी ओमप्रसाद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ