काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीलाई सम्बोधन गर्दै चैत १० गतेदेखि केही अवधिका लागि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाएको बताएका छन् । यो घोषणासँगै कुन कुन सवारी साधन कहाँकहाँ सञ्चालन गर्न पाइने हो भन्ने प्रश्न उठेको छ ।
जस्तो निजी सवारी साधन लिएर जान पाइन्छ कि पाइँदैन ? लामो रुट कुा कुन हुन् ? आदि । यातायात व्यवस्था विभागमा महानिर्देशक गोगनबहादुर हमाल भन्छन्, लामो दूरीका रुटमा निजी सवारी साधान मात्र होइन, मोटरसाइकलमा पनि यात्रा गर्न पाइन्न ।’
लामो दूरीमा मालबहाक सवारी भने चलाउन पाइने छ । महानिर्देशक हमालका अनुसार स्थानीय रुटमा भने सवारी चलाउन कुनै रोक लाग्ने छैन । राष्ट्रिय राजमार्गहरु प्रयोग गरी साना, ठूला, दुई पांग्रे, चार पांग्रे वा त्यो भन्दा ठूला क्षमताका सबै खालमा यात्रुबहाक सवारी चलाउन पाइने छैन ।
यातायात व्यवस्था विभागका अनुसार २ सय ५० किलोमिटरभन्दा टाढाको दूरीलाई ‘लामो दूरी’ मानिन्छ। विभागकामहानिर्देशक गोगनबहादुर हमाल भने, ‘काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्द हुन्न,२ सय ५० किलोमिटर भन्दा टाढालाई लामो दूरीलाई मानेका छौं।’
यस्तै नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु चैत ९ देखि १८ गतेसम्मको लागि स्थगित गरिएकोप्रधानमन्त्री ओलीले जानकारी दिए। उनका अनुसार सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने छ। सीमामा जाँचका सम्बन्धमा छिमेकी मित्रराष्ट्रहरुसँग आवश्यक समन्वय गरिने प्रधानमन्त्रीले स्पष्ट पारे।
सम्बन्धित खबर
चक्रवात ‘अर्नब’को प्रभाव नेपालतिर सोझिँदै, गण्डकीसहित तीन प्रदेशका हिमाली क्षेत्रमा ‘रेड अलर्ट’
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
दसैँ अवधिमा सवारी दुर्घटनाबाट देशभर १२४ जनाको मृत्यु, दुई हजार ९८८ घाइते
चक्रवातको प्रभावले नेपालमा शुक्रबार र शनिबार भारी वर्षा हुने
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते
रवि भारततर्फ, भने- ‘भाकल पूरा गर्न भारत जान लागेको हुँ, राजनीतिक खिचडी नपकाउनुहोला’
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते