दीपेन्द्रसिंह ऐरीको अविजित अर्धशतक र इशान पाण्डेसँगको ७४ रनको साझेदारीमा सुदूरपश्चिम रोयल्सले पोखरा एभेन्जर्सलाई ६ विकेटले हराउँदै नेपाल प्रिमियर लिगमा पहिलो जित निकालेको छ। पोखराले निर्धारित २० ओभरमा ७ विकेट गुमाई १४५ रन बनाए पनि सुदूरपश्चिमले १६.५ ओभरमै लक्ष्य पूरा गर्यो।
ऐरी र पाण्डेले ७४ रनको ठोस साझेदारी गरेपछि सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग क्रिकेटमा विजय लय समातेको हो । पहिलो खेलमा लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएर रन्थनिएको सुदूरपश्चिमले यी दुईको प्रयासमा ६ विकेटको विजय निकालेको हो ।
टस हारेपछि ब्याटिङको निम्तो पाएको पोखराले त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा निर्धारित २० ओभरमा ७ विकेट गुमाई १ सय ४५ रन बनाएको थियो । कप्तान दीपेन्द्र र इशानले ९ ओभरमै उक्त साझेदारी गरेपछि सुदूरपश्चिमले १६.५ ओभरमै लक्ष्य पूरा गर्यो । पोखराले आफ्नो पहिलो खेलमै हार बेहोरेको हो ।
इशान ३१ बल खेली समान २ चौका र छक्कासहित ३७ रनमा आउट भए । उनको स्थानमा आएका सेरफन रदरफोर्डले दोस्रो बलमै माहेदी हसनको बलमा छक्का प्रहार गरेका थिए । उनी ४ बलमा ८ रन बनाई अविजित रहे ।
दीपेन्द्र ५१ रनमा अविजित रहे । उनले पोखराका कप्तान कुशल भुर्तेलको बलमा छक्का प्रहार गर्दै आफ्नो अर्धशतक पूरा गर्नुका साथै विजयी रन बटुलेका थिए । प्लेयर अफ द म्याच दीपेन्द्रले ३६ बल खेली ४ चौका र २ छक्का प्रहार गरे । पोखराबाट तीनै विकेट विदेशी खेलाडीको नाममा रह्यो । धनञ्जय लक्षण, मेहदी हसन र सकिबले १–१ विकेट लिए ।
सुदूरपश्चिम पछिल्ला दुवै संस्करणको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । पोखरा भने एनपीएलका दुवै संस्करणमा प्लेअफमा पुग्न नसक्ने एकमात्र टोली हो ।
सुदूरपश्चिमको सुरुआत राम्रो थिएन । ओपनर विनोद भण्डारी पहिलो बलमा चौका प्रहार गरेपछि अर्को बलमा बोल्ड हुन पुगे । स्कटिस ब्याटर स्कट म्याकमलेनले १२ बल खेली २ चौका र १ छक्का प्रहार गरी २२ रनमा सकिब अल हसनको बलमा एलबीडब्लू आउट भए । ओपनर सैफ जैब १५ रन बनाई रनआउट भए ।
यसअघि बंगलादेशी ओपनर माहेदी हसनले पोखराबाट ३२ रन बनाए । उनले २१ बल खेली ४ चौका र १ छक्का प्रहार गरे । तर उनका ओपनिङ जोडी दिनेश खरेल ७ बल खेली ४ रनमा आउट भएका थिए । तेस्रो नम्बरमा आएका कुशलले २१ रन बनाए । उनले १७ बल खेली २ चौका प्रहार गरे । बंगलादेशका पूर्व कप्तान सकिब अल हसन १६ बल खेली १ चौका प्रहार गरी १४ रनमा आउट भए ।
सदीरा समरविक्रमा ८, धनञ्जय ११, किरण ठगुन्ना १ रनमा आउट भए । मध्यमक्रममा ब्याटिङ गरेका अर्जुन घर्तीमगरले सर्वाधिक रन बनाए । इनिङ्सको अन्तिम ओभरमा न्युजिल्यान्डका बलर स्कट कुग्लेनलाई २ चौका र १ छक्का प्रहार गरेका अर्जुनले कुल २५ बल खेली अविजित २४ रन बनाए । विपिन खत्री ५ रनमा अविजित रहे ।
सुदूरपश्चिमबाट अनिल खरेलले ३ विकेट लिए । पावर प्लेपछि बलिङमा आएका अनिलले ३ ओभरमा २३ रनमात्र खर्चे । कुग्लेन, हेमन्त धामी र दीपेन्द्रले १–१ विकेट लिए ।
सम्बन्धित खबर
पोखराले पहिलो खेलमा पराजय व्यहोर्दा सुदूरपश्चिमलाई जितको पहिलो स्वाद
डिफेन्डिङ च्याम्पियन लुम्बिनीको सानदार सुरुवात, सुदूरपश्चिम रोयल्स ७ विकेटले पराजित
एनपीएलको विजेताले १ करोड ५० लाख पाउने, चौथोलाई समेत पुरस्कारको व्यवस्था
‘पहिले सरकारबाट क्रिकेटमा पुरस्कार आइरहेको थियो अहिले खै के कारणले रोकियो ?’
एनपीएलको सम्पूर्ण तयारी पूरा, नेपालमा पहिलो पटक डिआरएस प्रविधि
२६औँ आहा ! रारा पोखरा गोल्डकप माघ ५ गतेदेखि
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
स्याङ्जामा स्कुटर दुर्घटना हुँदा एक महिलाको मृत्यु
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते