कोरोनाबारे फेसबुक भाइरल अडियोको नेपाल प्रहरीले थाल्यो अनुसन्धान

कोरोनाबारे फेसबुक भाइरल अडियोको नेपाल प्रहरीले थाल्यो अनुसन्धान

काठमाडौं । कोरोना भाइरस नेपालमा भित्रिइसकेको भनेर सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियोको विषयमा नेपाल प्रहरीले अनुसन्धान थालेको छ ।

प्रहरीका केन्द्रीय प्रवक्ता शैलेस थापा क्षेत्रीले प्रहरीको साइबर व्यूरोले अनुसन्धान थालेको जानकारी दिए ।

उनले भने, ‘प्रहरी प्रधान कार्यालयले अनुसन्धान गर्न भनेर निर्देशन दिएको थियो, त्यसपछि यो अफवाहको बारेमा अनुसन्धान सुरु भएको छ ।’

सामाजिक संजाल फेसबुकमा भाइरल भइरहेको अडियो क्लिपले जनमासमा सन्त्रास फैलाएको भन्दै त्यसको विषयमा अनुसन्धान गर्न प्रहरीको साइबर व्युरोलाई निर्देशन दिइएको प्रहरी महानिरीक्षक ठाकुर ज्ञवालीले बताए ।

उनले यस्ता गलत हल्ला फैलाउने व्यक्तिलाई कारबाही हुने चेतावनी दिए ।

हाल सामाजिक सन्जालमा भाइरल भइरहेको एक अडियो क्लिपमा एक व्यक्तिले नेपालमा कोरोना भाइरस भित्रिइसकेको भनेका छन् ।

सरकारले कोरोना भाइरसबारे गलत सूचना प्रवाह नगर्न र गरेमा कानुन बमोजिम कडा कारबाही गर्ने चेतावनी दिँदै आएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ