क्वारेन्टाइन र आइसोलेसनमा के फरक छ ? के हो सेल्फ क्वारेन्टाइन ?

क्वारेन्टाइन र आइसोलेसनमा के फरक छ ? के हो सेल्फ क्वारेन्टाइन ?

Quarintine-and-Isolation1

काठमाडौ । कोरोना भाइरस संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पूरै देश लकडाउन गर्ने निर्णय गरेको छ । चैत ११ गते बिहान ६ बजेदेखि चैत १८ सम्म लागू हुनेगरी पूरै देश लकडाउन गर्ने निर्णय गरिएको हो ।

के हो क्वारेन्टाइन ?

यस्तै कुनै पनि व्यक्तिलाई भाइरस संक्रमित भयो भने संक्रमितलाई सीधै आइसोलेसन वार्डमा भर्ना गरेर उपचार गर्ने गरिन्छ भने सम्भावितलाई कम्तिमा १४ दिन सम्म क्वारेन्टाइनमा राखेर निगरानी गर्ने गरिन्छ।

व्यक्तिलाई संक्रमण फैलिन सक्ने समयसम्म निगरानी राखिनुलाई क्वारेन्टाइन भनिन्छ ।

क्वारेन्टाइन व्यक्तिगत वा सामुहिक दुबै किसिमको हुनसक्दछ। यो समयलाई चिकित्सकीय भाषामा इक्युबेसन पिरियड भनिन्छ।

के हो आइसोलेसन ?

यदि कुनै व्यक्तिमा संक्रमण भएको व्यक्तिलाई चिकित्सकको निगरानीमा राखि छुट्टै उपचार गर्नुलाई आइसोलेसन भनिन्छ ।

यो समयमा बिरामीलाई देखिएको लक्षणको उपचार पनि हुन्छ। आइसोलेसनमा एउटा बेडमा एक जना व्यक्तिलाई मात्र राखिन्छ।

सो समयमा बिरामीको कोरोना भाइरस संक्रमण भएनभएको ल्याव जाँच पनि हुनेछ ।

जाँचको रिपोर्ट नेगेटिभ आएमा उक्तलाई घर पठाइने रणनीति छ। यदि रिपोर्ट पोजिटिभ देखिएमा थप उपचार गरिनेछ।

के हो सेल्फ क्वारेन्टाइन?

संक्रमणको नियन्त्रण तथा सतर्कता अपनाउन पछिल्लो केही दिन यता सरकार सबै जनतालाई सेल्फ क्वारेन्टाइनमा बस्न निर्देशन दिएको छ।

तर घरमा नै क्वारेन्टाइनमा बस्नु पर्ने कुरालाई लिएर मानिसहरु भ्रममा परिरहेको देखिन्छ ।

तर सामान्य बुझ्ने भाषामा सेल्फ क्वारेन्टाइन भनेको घरमानै सुरक्षित भएर बस्नुलाई सेल्फ क्वारेन्टाइन भन्ने गरिन्छ।

कोही मानिस कोरोना प्रभावित देशबाट आएको छ तर उसलाई संक्रमणको कुनै पनि लक्षण देखिएको छैन भनेपनि पछि गएर लक्षण देखिन सक्छ।

त्यस्तो समयमा त्यसव्यक्तिले १४ दिनसम्म घर वा बेग्लै बस्नुपर्छ । अन्य व्यक्तिको सम्र्पकमा आउनु हुँदैन । यसरी अलग्गै बस्नुलाई अन्य सेल्फ क्वारेन्टाइन भनिन्छ ।

के हो लकडाउन ?

सामान्य भाषामा भन्दा जनातामाथि सरकारको कठोर निगरानी र सुरक्षा नै लकडाउन हो ।

जुन कुनै पनि महामारी एक स्थानबाट अर्को स्थानमा नफैलियोस भन्न सरकारले यस्तो नियम लागु गर्ने गर्छ। चिकित्सकहरुले लकडाउनलाई (हेल्थ कस्टडी) भन्ने गर्छन्।

मानिसको भीडभाडलाई कम गर्नु नै लकडाउनको मुख्य उद्देश्य हुने गर्छ। गत डिसेम्बरबाट चीनको उवानमा यो भाइरस फैलिँदा चीन सरकारले यसलाई नियन्त्रण गर्न जनता प्रहरीको कठोर निगरानी र सुरक्षामा थिए।

उनीहरुले अनुमतिबिना आवतजावत गर्न पाएका थिएनन् भने सार्वजनिकस्थलहरु पूर्ण बन्द गरिएको थियो। लकडाउन गरिएको क्षेत्रमा विद्यालय, होटल तथा रेष्टुरेण्ट, बैंक यातायात बन्द गर्नुपर्छ भने मानिसहरु घरबाट आवत जावत गर्न पाउँदैनन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ