इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघ्यो, एकैदिन ६०१ संक्रमितको मृत्यु

इटलीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघ्यो, एकैदिन ६०१ संक्रमितको मृत्यु

Italy Corona

काठमाडौं । चीनपछि कोरोना भाइरसको इपिसेन्टर इटलीमा यसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ६ हजार नाघेको छ ।

सोमबार अस्पतालमा उपचाररत थप ६०१ मानिसको ज्यान गएपछि इटलीमा कुल मृतकको संख्या ६ हजार ७७ पुगेको हो ।

कोरोनाको इपिसेन्टर चीनले नयाँ संक्रमण हुन रोकथाम गरे पनि इटलीमा अवस्था भयावह बनेको छ ।

चीनमा हालसम्म ३ हजार २ सय ७७ मानिसको ज्यान गएकोमा इटलीमा त्यहाँभन्दा २ हजार ८०० बढी मानिसको ज्यान गइसकेको छ । कोरोनाबाट ज्यान जानेको कुल संख्याको ३६.८० प्रतिशत संख्या इटलीको छ ।

हालसम्म विश्वमा यो रोगको संक्रमणका कारण १६ हजार ५ सय १० मानिसको ज्यान गइसकेको छ ।

इटलीमा मृत्युदरसँगै संक्रमण दर पनि बढ्दो छ । पछिल्लो २४ घण्टामा मात्रै यहाँका ४ हजार ७ सय ८९ मानिसमा यसको लक्षण देखिएको छ ।

यहाँको कुल कोरोना संक्रमितको संख्या भने ६३ हजार ९ सय २७ छ । यीमध्ये ३ हजार २ सय ४ मानिसको अवस्था गम्भीर रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ