धनुषा । लकडाउनको कारण पीडामा परेको परिवारलाई राहत वितरण गर्ने विषयमा विवाद हुँदा स्थानीय तहका जनप्रतिनिधिले कार्यालय तोडफोड गरेका छन् ।
राहत वितरणको विषयमा विवाद हुँदा धनुषाको धनौजी गाउँपालिका कार्यालय जनप्रतिनिधिले नै तोडफोड गरेका हुन् ।
गाउँपालिकाका अध्यक्ष बद्री सिंह र वडा नम्बर ३ का अध्यक्ष रामदुलार मण्डल पक्षका व्यक्तिहरूबीच विवाद भएपछि गाउँपालिकाको कार्यालयमा तोडफोड भएको हो । तोडफोडबाट कार्यालयभित्रको पार्टिसनमा क्षति पुग्नुका साथै एक दर्जन प्लाष्टिकका कुर्सी भाँचिएको अध्यक्ष सिंहले जानकारी दिए ।
अध्यक्ष सिंहलाई वडाध्यक्ष पक्षधरले केहीबेर कार्यालयमै थुनेका थिए । घटनालगत्तै सुरक्षाकर्मी पुगेपछि उनीहरुबीचको विवाद साम्य भएको थियो । अध्यक्ष सिंहले वडाध्यक्षसँग चर्काचर्की सुरु गरेपछि झडपको स्थिति सृजना भएकोले आफुहरु बाहिर निस्केको एक कर्मचारीले बताए ।
वडाध्यक्ष मण्डलले राहतका लागि ९ सय २६ जनाको विवरण लिएर आएपछि विवाद सृजना भएको थियो । विवरणमा सर्वदलीय समितिमा रहेका पार्टी प्रतिनिधिको हस्ताक्षर नरहेको अध्यक्ष सिंहको भनाई छ । नाम विवरणमा प्रतिनिधिको हस्ताक्षर नरहेको भन्दै वडाध्यक्षले ल्याएको कागजहरु अध्यक्ष सिंहले फालिदिएपछि झडप भएको थियो ।
यता, वडाध्यक्ष मण्डलले राहत वितरणका लागि विवरण लिएर गाउँपालिका कार्यालयमा पुग्दा अध्यक्ष सिंहले बेवास्ता गरेको र पीडित परिवारको नाम सहितको विवरण फाइल फालेपछि विवाद भएको बताए । गाउँपालिकाका अध्यक्ष सिंह नेपाली काङ्ग्रेसका कार्यकर्ता हुन् भने वडा अध्यक्ष मण्डल नेकपाका कार्यकर्ता हुन् ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष