काठमाडौं । अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ । कोभिड-१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बसेको तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको हो ।
‘हवाई उडानहरु अप्रिल ३० सम्म स्थगित थियो । यसलाई १५ सम्म लम्ब्याउने निर्णय भएको छ, प्रधानमन्त्री कार्यालयका सचिव नारायण विडारीले बताए ।
सुरूमा प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलोपटक देशबासीलाई सम्बोधन गर्दै चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाउने घोषणा गरेका थिए ।
त्यसपछि वैशाख ३ सम्म प्रतिवन्ध लम्बाइएको थियो । त्यसपछि फेरि १८ गतेसम्म प्रतिवन्ध विस्तार भएको थियो ।
सरकारले आन्तरिक उडान मात्रै रोकेको छैन, विदेशी एयरलाइन्सहरुलाई यात्रु लिएर आउन प्रतिवन्ध लगाएको छ । तर, विदेशी एयरलाइन्सहरुले नेपालबाट यात्रु लिएर जान खाली विमान पठाउन सक्छन् ।
त्यसअनुसार विभिन्न एयरलाइन्सहरुले अहिले पनि विदेशीहरु लैजान उद्दारको उडान गरिरहेका छन् । नेपाल एयरलाइन्सले कार्गो उडान पनि गरिरहेको छ ।
यसबीचमा चीनबाट नेपाल एयरलाइन्स र सिंगापुरबाट श्री एयरलाइन्सले मेडिकल सामग्री ल्यायो । सरकारले यात्रु लिएर आउन प्रतिवन्ध लगाएपछि पनि सुरूमा केही एयरलाइन्सले अटेरी गरेर यात्रु ल्याएका थिए । अहिले त्यो क्रम ठप्प छ ।
सम्बन्धित खबर
वरिष्ठ कलाकार सुनिल थापाको निधन
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण