क्यान्सर भएपछि इरफान खानले लेखेको पहिलो पत्र: ‘कसैले मेरो ढाडमा प्याट्ट हान्यो र भन्यो– तपाईंको स्टेशन आउँदैछ, कृपया ओर्लनोस्’

क्यान्सर भएपछि इरफान खानले लेखेको पहिलो पत्र: ‘कसैले मेरो ढाडमा प्याट्ट हान्यो र भन्यो– तपाईंको स्टेशन आउँदैछ, कृपया ओर्लनोस्’

irfan letter

मेरो दिमाग अक्सर मलाई भन्छ कि, ‘मलाई यो विमार छ र म केही महिनामा, एक वा दुई बर्षपछि मर्नेछु ।’ म आफ्नो दिमागले भनेको कुरा पुरा खारेज गरेर त्यसतर्फ मोडिन सक्छ, जसमा मलाई जिन्दगीले जीउनका लागि बाटो खुला गरिदिएको छ । र, मलाई जिन्दगीले धेरै मौका दिइरहेको छ । मलाई थाहा छ कि, चौतर्फी अन्धकारले घेरिएको बाटोमा म हिँड्दैछु । मैले देखेको छैन कि मलाई जिन्दगीले के दिइरहेको छ ?’

‘तपाई सोच्न छाड्नुहोस्, योजना बनाउन छाड्नुहोस् । तब तपाईले जिन्दगीको अर्को रुप अनुभूत गर्न पाउनुहुनेछ । यही कारण मलाई लाग्छ कि मसँग अर्को कुनै शब्द छैन, सिवाय ‘धन्यवाद ।’ कुनै अर्को शब्द छैन । कुनै माग छैन । कुनै दोस्रो अनुरोध पनि छैन ।’

आफुलाई निकै घातक एवं दुर्लभ क्यान्सर भएको थाहा भएपछि भारतिय अभिनेता इरफान खानले लन्डनको एक अस्पतालबाट एसोसिएटेड प्रेससँग कुराकानी गर्दै यसै भनेका थिए ।

लन्डनको अस्पतालमा उपचार गराउँदा बलिउड अभिनेता इरफान खानले भावुक पत्र लेख्दै केही तस्बिर सार्वजनिक गरेका थिए। जसलाई उनका मित्र तथा न्युजिल्यान्डका स्तम्भकार अजय ब्रहमात्जले प्रकाशन गरेका थिए।

केही महिना पहिले मात्र थाहा भयो कि, मलाई न्युरो- इन्डोक्राइन क्यान्सर भएछ। यो रोगको बारेमा मैले पहिलोपटक सुनिरहेको थिएँ। त्यसैले यसबारे मैले खोज गरें। र, पत्ता लगाएँ, यो क्यान्सरको बारेमा धेरै सोधखोज भएकै रहेनछ। रोगको यो एक दुर्लभ शारीरिक अवस्था मात्र होइन, यसको उपचार पनि अनिश्चित नै रहेछ।

अहिलेसम्म मेरो जीवनको गति राम्ररी नै चलिरहेको थियो। मसँगै योजना, आकांक्षा, सपना र इच्छा अगाडि बढिरहेका थिए।

यस्तो सौच्दै गर्दा कसैले मेरो ढाडमा प्याट्ट हान्यो र भन्यो, ‘तपाईंको स्टेशन आउँदैछ, कृपया ओर्लनुस्।’

मैले भेउ पाउन सकिनँ र भनें, ‘हैन, हैन, मेरो स्टेशन आउन अझै बाँकी छ।’ जवाफ आयो, ‘अगाडिको कुनै स्टेसनमा तपाईं झर्नुपर्ने हुन्छ। तपाईंको गन्तव्य आइसकेको छ।’

अचानक मलाई महसुस हुन्छ कि म कुनै त्यस्तो तैरिने वस्तु हुँ, जुन एउटा अन्जान सागरको तुफानी छालमा बगिरहेको छु।

यस्तो हतास, हड्बडाहट, बेचैनी र डरको अनुभूति म आफ्नो छोरालाई भन्दछु। आजको यो अवस्थामा म यति मात्र चाहन्छु, म यस्तो हडबडाहट र डरको स्थितिमा बाँच्न चाहन्नँ। मलाई कुनै पनि हालतमा मेरा पाउहरु चहियो, जसमा म उभिएर आफ्नो हालतमा तटस्थ बनाएर बाँच्न पाउँ। वास्तवमा म उभिन चाहन्छु।
यस्तो मेरो मनसाय थियो, मेरो योजना थियो….।

केही हप्तापछि म लन्डनको एउटा अस्पतालमा भर्ना भएँ। गहिरो दुखाइ महसुस भइरहेको थियो। दुखाइ हुन्छ भन्ने पनि थाहा थियो। तर यस्तो दुखाइ कि, सहन पनि गाह्रो पर्ने दुखाइ। दुखाइ मप्रति निर्मम थियो। यसले केही गरिराखेको थिएन। न त केही सान्त्वना, न केही भरोसा। दुखाइ सायद भएभरको निर्दयीपना लिएर आएको थियो। यस्तो दुखाइ सायद भगवानभन्दा पनि विशाल लागिरहेको थियो।

म जुन अस्पतालमा भर्ना भएको छु, यसमा एउटा बाल्कोनी पनि छ। यहाँबाट बाहिरको दृश्य अवलोकन गर्न मिल्छ। ‘कोमा वार्ड’ ठीक मेरो माथिपट्टि छ। सडकको एकापट्टि मेरो अस्पताल छ र अर्कोतर्फ लर्ड्स स्टेडियम छ। त्यहाँ विवियन रिचर्डस् मुस्कुराउँदै गरेको पोस्टर टाँसिएको छ। मेरो बालापनको सपना र भगवान उसलाई देख्नेबित्तिकै मलाई महुसुस नै भएन कि त्यो दुनियाँ सायदै मेरो थियो।

म दुःखाइले जेलिएको छु।

र, फेरि एक दिन यस्तो महसुस भयो कि म कुनै चिजको हिस्सा होइन। मभित्र केही बाँकी छैन भन्ने लाग्यो। न यो अस्पताल न स्टेडियम।

मनले भन्यो, केवल अनिश्चितता नै निश्चित हो।

यो अनुभूतिले मलाई समर्पण र भारोसाका लागि तयार गर्यो। अब चाहे जे भए पनि नतिजा आओस्। यसले जहाँसुकै लैजाओस्। आजभन्दा ८ महिनापछि या चार महिनापछि या फेरि २ वर्षपछि। चिन्ता पनि जाग्दै बिलाउँदै जान थाल्यो। फेरि मेरो दिमागबाट जिउने मर्नेको हिसाब निक्लियो।

पहिलोचोटी मलाई शब्द ‘स्वतन्त्र’ को बारेमा बोध भयो। सही अर्थमा एउटा उपलब्धिको बोध।

यस सृष्टिको खेलामा मेरो विश्वास नै पूर्ण सत्य बन्यो। त्यसपछि लाग्यो, यो विश्वास मेरो एक-एक कोषिकाभित्र पसिसकेको छ। समयले नै बताउनेछ कि त्यो बस्नेछ या छैन, तर अहिले भने म यही महसुस गरिरहेको छु।

यो यात्रामा सबै मानिस मलाई सञ्चो होस् भनेर प्रार्थना गरिरहेका छन्। म जसलाई चिन्दछु या जसलाई चिन्दिनँ उनीहरु सबैले अलग–अलग ठाउँ र समयरेखाबाट मेरो लागि प्रार्थना गरिरहेका छन्। मलाई लाग्छ उनीहरु सबैको प्रार्थना एकमुष्ट भएको छ, एउटा ठूलो शक्तिको रुपमा मभित्र प्रवेश गरेको छ। त्यो तीव्र रुपमा जीवनधारा बनेर मेरो स्पाइनको बाटो हुँदै शीरभित्र छिरी कपालबाट अंकुरित भएको छ।

यो अंकुरित भएर कहिले पत्र जस्तो, कहिले पात जस्तो त कहिले हाँगा बन्छ। मानिसहरुको प्रार्थनाबाट उम्रिएको हरेक रौंका हाँगा, हरेक पात, हरेक फूलले मलाई एउटा नयाँ दुनियाँ देखाउँछन्।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ