पोखरा, २३ चैत । पोखरा वडा नं. १५ का सदस्य आशिष भण्डारीले आफ्नो जन्मदिनको अवसरमा बृहत रक्तदान कार्यक्रम आयोजना गरेका छन् । वडा सदस्य भण्डारीको एकल अगुवाईमा आयोजित कार्यक्रममा १५१ युनिट रक्त संकलन गर्न सफल बनेका छन् ।
रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा भएको कार्यक्रमको व्यवस्थापन भण्डारी स्वयं आजीवन सदस्य रहेको संस्था नेपाल स्वयंसेवी रक्तदाता समाज, कास्कीले गरेको थियो । पोखराका वडा अध्यक्षहरू र मातापिताले संयुक्त रुपमा रक्तदाताहरूलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरेका थिए ।

पोखरा वडा नंं १५ का अध्यक्ष तोरणबहादुर बानियाँ, पोखरा १४ का वडाध्यक्ष बोधबहादुर कार्की, पोखरा १२ का अध्यक्ष सन्तोष बास्तोला, पोखरा ९ का अध्यक्ष दीपेन्द्र मर्सानी, पोखरा १७ का अध्यक्ष राधिका शाही योगी, पोखरा १० अध्यक्ष राजेशकुमार गुरुङ, भण्डारीका बुवा बलराम भण्डारी, आमा राधाकुमारी भण्डारीले पहिलो रक्तदाता राजिव जिसी लगायतलाई ब्लडब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका हुन् ।
पोखरा १५ वडाध्यक्ष बानियाँले रक्तदानलाई पुण्य र मानवीय सेवाको सर्वोच्च कार्यका रूपमा व्याख्या गर्दै सक्षम युवा नेतृत्वका रुपमा भण्डारीलाई चित्रित गरे । पोखरा १४ का अध्यक्ष कार्कीले जन्मदिनमा रक्तदान गरेर समाजलाई गुन लगाएकोमा आभार व्यक्त गर्दै आफूले पनि अबको जन्मदिनमा रक्तदान कार्यक्रम आयोजना गर्ने घोषणा गरे ।

पोखरा १२ का वडाध्यक्ष बास्तोलाले युवा पुस्तामा रक्तदानप्रति बढ्दै गएको आकर्षण सकारात्मक रहेको उल्लेख गर्दै यस्ता कार्यक्रम सबैका लागि प्रेरणाको स्रोत हुने र यस्ता पुण्यका कार्यले नै समाजलाई जीवन्त राख्ने बताए ।
पोखरा १७ का वडाध्यक्ष योगीले अस्पतालहरूमा रगतको अभाव भइरहेको अवस्थामा यस्ता कार्यक्रमहरूले आकस्मिक उपचारमा रहेका बिरामीहरूलाई ठूलो राहत मिल्ने बताइन् ।

कार्यक्रमको अध्यक्षता समेत गरेका वडा सदस्य भण्डारीले आफ्नो जन्मदिनलाई समाजलाई योगदान पुग्ने हिसाबले फरक तरिकाले मनाउन चाहेको बताए ।
‘जन्मदिनमा केही पुण्यको काम गरौं कि भन्ने सधैं लागिरह्यो । कहिले बृद्धाश्रम पुगेँ । यो पटक चाहिँ रगतको अभाव हुने समय पनि भएकाले रक्तदान कार्यक्रम गरौं भन्ने लाग्यो ।’ सदस्य भण्डारीले भने– ‘व्यक्तिको आह्वानमा भएको कार्यक्रमै डेढसय पिन्ट रगत संकलन भयो । यो सबै मलाई माया गर्नेहरूकै साथको कारण हो । नत्र, यो दिने कार्यक्रम हो । दान दिन पनि लाइन लागेर आउनुभयो ।’

कार्यक्रममा नेपाल औषधि व्यवसायी महासंघका सचिव गोपाल अधिकारी, स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष दीपेन्द्र अधिकारी लगायतले रक्तदानको महत्वका बारेमा बोलेका थिए । समाजका सदस्य हिरामणि भुसालले सञ्चालन गरेको कार्यक्रममा पोखराका पूर्व वडाध्यक्षहरु प्रकाश पौडेल, दर्शन लामा, राजकुमार गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर
पोखरामा नालीको भेलले बगाएका आमा र छोरीको ज्यान रहेन
प्रतिभा र शान्ति निकेतनबीचको सहलगानी तथा सहकार्य योजना स्थगित
समिप वैरागीको कविता कृति ‘साहीमासा’ माथि परिचर्चा
लायन्स क्लब अफ पोखरा वर्किङ टुगेदरद्वारा बृहत् वृक्षारोपण
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
निजी क्षेत्रसँग सहकार्य बढाउँदै पर्यटन प्रवर्द्धन: बोर्ड सदस्य पोखरेल
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन