तनहुँको देवघाटमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी, चितवनमा उपचार हुँदै

तनहुँको देवघाटमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी, चितवनमा उपचार हुँदै

Mushroom

तनहुँ । तनहुँमा जंगली च्याउ खाँदा एकै परिवारका ५ जना सदस्य बिरामी भएका छन् । च्याउ खाएर बिरामी हुनेमा तनहुँको देवघाट गाउँपालिका-५ साउनेका परिवार रहेका प्रहरीका जानकारी दिएको छ ।

च्याउ खाएर बिरामी हुनेमा साउनेका ४२ वर्षिय कृष्णबहादुर भुजेल, उनका छोरा १५ वर्षिय धनलाल भुजेल, श्रीमति ४० वर्षिया गौरिमाया भुजेल, १७ वर्षिय छोरा मीनबहादुर भुजेल, २१ वर्षिया छोरा तीर्थ बहादुर भुजेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइते मध्ये घरमुलि कृष्णबहादुर र धनलाल भुजेलको अवस्था गम्भिर रहेको प्रहरीले जानेको छ । घाइते पाँचै जनालाई उपचारको लागि चितवनको भरतपुरमा लगिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 3 seconds