काठमाडौं । शुक्रबारदेखि सुरू भएको संसदको बजेट अधिवेशनको पहिलो बैठकमा बोल्दै सभापति देउवाले कोरोनाभाइरस महामारीको विषम परिस्थिति सरकारले महामारीसँग लड्ने कुनै योजना र रणनीति नबनाएको बरू भष्टाचार र सांसद अपरहणजस्ता कुरामा संलग्न रहेकाले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाएको कांग्रेसले ठहर गरेको बताएका हुन्।
‘नेपालमा कोरोनाको पहिलो संक्रमित देखिएको महिनौं बित्दा पनि आजसम्म व्यापक परीक्षण भइसक्नुपर्नेमा अत्यन्त न्यून संख्यामा परीक्षण भइरहेको छ, परीक्षण सामग्रीको विश्वसनीयतामा प्रश्न उठेको छ,’ देउवाले भने,‘विदेशमा विचल्लीमा परेका नागरिकको उद्धारको कुनै योजना छैन। कोरोनाका कारण विभिन्न क्षेत्रमा उत्पन्न हुने नकारात्मक असरको अध्ययन गरी तत्कालीन र दीर्घकालीन रणनीति बनाउन सकेको छैन। यस्तो अत्यन्त विषम अवस्थामा भ्रष्टाचार सार्वजनिक हुनु, सरकार लोकतान्त्रिक मूल्य मान्यता र भावनाका विपरित कुरामा व्यस्त हुनु, सांसदको अपहरण हुनुजस्ता अपराधिक गतिविधि कुनै हालतमा स्वीकार्य हुन सक्दैनन्।’
उनले यी कुराहरूलाई आफ्नो पार्टीले निकै सुक्ष्म ढंगले हेरिरहेको र सरकारले शासन गर्ने राजनीतिक र नैतिक आधार गुमाइसकेको ठहर गरेको बताए। देउवाले सरकारले दुइटा विवादस्पद अध्यादेश ल्याएर गैरजिम्मेवार र अलोकतान्त्रिक चरित्र प्रस्तुत गरेको बताए।प्रधानमन्त्री केपी ओलीले नियोजित रूपमा कोरोना संकटका बेला दल विभाजन र संवैधानिक परिषदसम्बन्धी दुइटा अध्यादेश ल्याएको दाबी गरे।
कोरोना संकटसँग विपक्षी दलसमेत मिलेर लड्न तयार रहेको बेला दल विभाजनसम्बन्धी अध्यादेश ल्याउनु प्रधानमन्त्रीको नियत हो भन्ने प्रष्ट छ, उनले भने।स्वास्थ्य सामग्रीहरूको अभाव रहेको भन्दै सो कुरा तत्काल सुल्झाउन उनले सरकारसँग माग गरे। स्वास्थ्य सामग्री खरिदमा समेत भ्रष्टचार हुन दुःखद रहेको उल्लेख गर्दै देउवाले त्यसको छानबिन हुनुपर्ने माग गरे।
सम्बन्धित खबर
वरिष्ठ कलाकार सुनिल थापाको निधन
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण