काठमाडौं । प्रतिपक्षी दल जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन आग्रह गरेका छन् ।
बजेट अधिवेशनको बैठकलाई सम्बोधन गर्दै डा. भट्टराईले प्रधानमन्त्री ओलीलाई जीर्ण शरीरलाई आराम दिन आग्रह गरे ।
बाध्यतावस विदेशमा श्रम गर्न पुगेकालाई अत्यन्त गम्भीर अवस्थामा स्वदेशमा नआऊ भन्न नमिल्ने बताए ।
‘नागरिकलाई देश फर्कन नदिएर अनागरिक बनाइएको छ। यो संविधानको व्यवस्था विपरीत हो । श्रम गर्न गएका नागरिकको अवस्था चिन्ताजनक छ। विदेशका विभिन्न स्थानबाट नेपाली नागरिकलाई फर्कन भनेको छ,’ भट्टराईले भने, तर हाम्रो सरकार जिम्मेवार छै ।
सामाजिक सञ्जालमा एक भिडियो भाइरल भएको छ। नेपालीले कहाँ जाने भनेर भनिरहेका छन्। तर सरकारलाई कुनै चासो छैन।’
साथै उनले एसईई लिन आवश्यकता नै नभएको बताए । भट्टराईले तत्काल एसईई लिन संभव पनि नभएको र लिन आवश्यक समेत नरहेको बताए ।
उनले भने, ‘यसैपनि हाम्रो माध्यमिक शिक्षा १२ सम्म हो। १२ कक्षाको अन्तमा परीक्षा हुन्छ। १० कक्षाको अन्तिममा लिइने परीक्षा लिन आवश्यकतै छैन। विद्यालयलाई आन्तिरक रूपमा नै मूल्यांकन गर्न भने हुन्छ।’
सम्बन्धित खबर
वरिष्ठ कलाकार सुनिल थापाको निधन
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण