काठमाडौं । आइतबारदेखि बैंकका सबै शाखा कार्यालयहरु खुला हुने भएका छन् । सरकारले लकडाउनकै बिच उद्योगहरु खुला गर्ने भएपछि बैंकहरुले पनि सबै शाखा कार्यालय खोलेर सेवा दिने भएका हुन् ।
यस अघि बैंकहरुले आंशिक रुपमा मात्रै सेवा प्रदान गरिरहेका थिए । एक दिन बानेश्वरको शाखा त अर्को दिन कोटेश्वर, अर्को दिन अर्कै ठाउँको शाखा कार्यालय खोलेर सेवा दिइरहेका बैंकहरुले अब भने सबै ठाउँका शाखाहरु खोल्ने नेपाल बैंकर्स संघका अध्यक्ष भुवन दाहालले जानकारी दिए ।
उनका अनुसार सबै ठाउँका शाखा कार्याल्यहरु खोल्न सबै बैंकहरुलाई अनुरोध गरिसकिएको छ । केहि साह्रै समस्यामा परेका शाखाहरुबाहेक अन्य खुला हुने अध्यक्ष दाहालले बताए ।
मन्त्रिपरिषद् बैठकले बैंक तथा वित्तीय संस्था, बीमा, धितोपत्र, सहकारीमार्फत् अति आवश्यकीय सेवा प्रवाह गर्नुपर्ने कार्यका लागि आवश्यक पर्ने कर्मचारीमध्ये एक तिहाई कर्मचारीद्वारा सेवा सञ्चालन गर्ने भनेर निर्णय गरेको थियो ।
सरकारी निर्ण अनुसार नै एक तिहाई कर्मचारी राखेर सेवा सुचारु गरिने उनले बताए । शाखा कार्यालयहरु खुला भए पनि सुरक्षाका आवश्यक सावधानीहरु भने अपनाइने बताए । उनका अनुसार एक पटकमा शाखा कार्यालयभित्र ५ जना भन्दा बढी सेवाग्राहीले प्रवेश पाउने छैनन् ।
माक्स र स्यानिजाइजर समेत कर्मचारी र सबै सेवाग्राहीका लागि अनिवार्य गरिने अध्यक्ष दाहालले बताए । ‘आइतबार अपबाद बाहेकका सबै शाखाहरु कार्यालयहरु खोलेर सेवा दिनेछौं, तर उच्च सुरक्षा सतर्कता अपनाउनु पर्नेछ’ अध्यक्ष दाहालले भने ।
सम्बन्धित खबर
छ महिनामा स्याङ्जा ट्राफिकद्वारा झण्डै ५२ लाख राजस्व संकलन
सुजल डेरीको ‘डिलाइट डेरी प्राइड’ इन्स्ट्यान्ट फुल क्रिम मिल्क पाउडर बजारमा
सुन्तला उत्पादनबाट स्याङ्जामा एक अर्ब ३२ करोड बढी आम्दानी
फोहोरबाट मोहर कमाउँदै भीरकोट
स्याङ्जाको रोयल सहकारीको ३४ लाख नाफा, आगामी वर्ष डेढ करोड मुनाफाको लक्ष्य
पोखरामा खुल्यो बिवाईडीको नयाँ शोरूम, एसयूभी सिलायन-७ लञ्च
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष