नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्या ११० पुगेको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं र कोशी अस्पतालमा गरिएको परीक्षणमा शनिबार साँझसम्म थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ११० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीका अनुसार उदयपुरको त्रियुगा नगरपालिका(३ भुल्केका ४ जना महिलामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बिहानै भुल्केका १८, ४५ र ६० वर्षीया महिलामा संक्रमण फेला परेको थियो । अपरान्ह फेरि एक ४३ वर्षीय महिलामा पोजिटिभ देखिएको हो ।
भुल्केमा पछिल्लो पटक थ्रोट स्वाब संकलन गरिएका ३ सय ३४ जनामध्य विराटनगरस्थित कोशी अस्पतालको पीसीआर ल्याबमा गरिएको परीक्षणमा चार जनामा संक्रमण देखिएको अस्पतालकी मेडिकल सुपरिटेन्डेन्ट डा. संगिता मिश्रले बताइन् । अन्यको स्वाब परीक्षण जारी रहेको उनले बताइन् ।
त्यस्तै राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा कपिलवस्तुका एक जना १७ वर्षीय र दुई जना १८ वर्षीय युवकमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै पर्साको छपकैयाका ६२ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण देखिएको छ । सबैको स्वास्थ्य अवस्था सामान्य रहेको पनि मन्त्रालयले जानकारी दिएको छ ।
संक्रमण पुष्टि भएकामध्ये निको हुनेको संख्या ३० जना पुगेको छ । तर नारायणी अस्पताल वीरगन्जबाट कोभिड–१९ निको भएर गएका दुई जनामा पीसीआर परीक्षणमा पोजिटिभ देखिएपछि उनीहरूलाई थप परीक्षणका लागि अस्पतालमा पुनः भर्ना गरिएको छ । त्यसैगरी काठमाडौको सनसिटी अपार्टमेन्टमा बस्ने ५२ वर्षीय ती व्यक्तिको पनि पीसीआर रिपोर्ट पोजिटिभ देखिएको छ । पाटन अस्पतालमा उपचारपछि डिस्चार्ज भएका उनलाई पनि पुनः अस्पताल भर्ना गरिएको छ ।
१ सय ४३ जना कोरोनाका शंकास्पद बिरामी
उपत्यकामा २ र उपत्यकाबाहिर १ सय ४१ जना कोरोनाभाइरसको संकास्पद बिरामी उपचाररत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । उनीहरु सबै १४३ जनाको आइसोलेनमा उपचार भइरहेको छ । मन्त्रालयले देशका विभिन्न स्थानमा स्थापना भएका क्वारेन्टाइनमा १४ हजार ५ सय ९२ जना रहेको पनि जनाएको छ ।
यस्तै नेपालमा कोरोना संक्रमण देखिएका १ सय १० जनामध्ये सबैभन्दा बढी प्रदेश नम्बर १ मा रहेको शनिबारको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले जानकारी दिए । शनिबारसम्म संक्रमितको संख्या १ सय १० पुग्दा प्रदेश नम्बर १ मा ३५ जनामा संक्रमण देखिएको उनको भनाइ छ ।
उनका अनुसार प्रदेश नम्बर २ मा ३१ र प्रदेश नम्बर ५ मा ३० जनामा संक्रमण देखिएको छ । बागमती प्रदेशमा ७, सुदूरपश्चिम प्रदेशमा ५ र गण्डकी प्रदेशमा २ जनामा संक्रमण देखिएको छ । अहिलेसम्म ३१ जना संक्रमित उपचारपछि निको भएर घर फर्किएको पनि देवकोटाले बताए ।
हिजोमात्रै कैलालीको सेती प्रादेशिक अस्पतालमा उपचाररत महिला ३५ दिनपछि डिस्चार्ज भएकी छन् । प्रदेश नम्बर १ र प्रदेश नम्बर ५ का बढी प्रभावित जिल्लाहरुमा नमुना संकलन कार्य सरकारले तिव्र पारेको छ ।
पछिल्लो २४ घण्टामा १ हजार ७ सय ४१ वटा परीक्षण भएका छन् । अहिलेसम्म पिसिआर विधिबाट १६ हजार ३ सय ९ र आरडिटी विधिबाट ५५ हजार ९ सय ३० जनाको कोरोना परीक्षण भएको छ ।
सम्बन्धित खबर
वरिष्ठ कलाकार सुनिल थापाको निधन
प्रधानमन्त्री कार्कीसँग ओलीले भनेः बाह्य षड्यन्त्रलाई वैधानिकता दिने गरी सरकारले काम गर्नु हुँदैन
प्रधानमन्त्री कार्कीको प्रस्टोक्ति: ढुक्क हुनुस्, २१ फागुनको चुनाव एकै चरणमा हुन्छ
बैतडीमा जन्ती बोकेको बस दुर्घटना, मृतकको सङ्ख्या १३ पुग्यो
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
रौतहटमा रास्वपा उम्मेदवार सवार गाडीको ठक्करबाट ४ वर्षीया बालिकाको मृत्यु, उम्मेदवार र चालक फरार
यो पनि पढौँ
बालस्वास्थ्य र बालअधिकारका नीति प्रतिबद्धता पत्रमा समेट्न दलहरुसमक्ष पेडियाट्रिक सोसाइटीको माग
स्याङ्जामा अर्याल दम्पतीमाथि राति कुटपिट, पाँच युवक पक्राउ
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण