पोखरा । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले बुधबारको नियमित पत्रकार सम्मेलनमा सो जानकारी दिएका हुन् ।
धनकुटा, बाँके, कपिलबस्तु र नवलपरासी पश्चिममा गरी २५ जना संक्रमित थपिएका हुन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२७ पुगेको छ ।
संक्रमितमा ३ देखि ४८ वर्ष उमेरसम्मका रहेका छन् भने त्यसमा ७ जना महिला र १८ जना पुरुष रहेका छन् ।
देवकोटका अनुसार बाँकेमा ६ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । १७, २०, २८, ३०, ४० वर्षका उनीहरु नरैनापुरका हुन् भने खजुराका २७ वर्षीय पुरुष रहेका छन् ।
यसैगरी धनकुटामा ५ जना नयाँ संक्रमित पुष्टि भएको छ । उनीहरु २८, २९, ३५ र ३७ वर्षीय पुरुष रहेका छन् भने एक जना २४ वर्षीया महिला रहेकी छन् । उनीहरु सबै हाल धनकुटामा बस्दै आएको देवकोटाले बताए ।
यसैगरी कपिलबस्तुमा १३ जना संक्रमित थपिएका छन् । जसमध्ये ३ जना २२, ३५ र ४८ वर्षीय पुरुष रहेका छन् । उनीहरु विजयनगरको क्वारेन्टानमा बस्दै आएकाहरु भएको देवकोटाले बताए ।
यसैगरी सोही जिल्लाको महाराजगन्ज गाउँपालिकाका ३, ४, ६ वर्षीया बालिका तथा १६, २५ र ३२ वर्षीय महिला गरी ६ जना पुष्टि भएका छन् । यस्तै १२, २२, २४ र ३४ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
यसैगरी पश्चिम नवलपरासीमा १ जना पुरुष संक्रमित फेला परेका छन् । उनी सुस्ता गाउँपालिका ५ का २६ वर्षीय पुरुष रहेका हुन् । उनी बेलबानी क्वारेन्टाइनमा बस्दै आएका थिए ।
हालसम्म कोरोना निको हुनेको संख्या ४५ पुगेको छ । यस्तै २ जनाको भने मृत्यु भएको छ ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष