काठमाडौं । कोरोना महामारीसँगै लम्बिएको लकडाउनका कारण एसईई परीक्षा रोकिएपछि भविश्यको चिन्तामा रुमलिएका लाखौं विद्यार्थीहरुको शैक्षिक वर्ष खेर जान नदिने सरकारले आश्वासन दिएको छ ।
सोमबार राष्ट्रका नाममा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिएको एसईई परीक्षा पुन सञ्चालन गर्न सकिने अवस्था नरहेको स्पष्ट पारे ।
तर, सरकारले विद्यार्थीको शैक्षिक वर्ष खेर जान नदिने गरी शिक्षा मन्त्रालयले योजना ल्याउने बताए ।
‘महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुनुभन्दा २ दिन अगाडि स्थगित गर्नुपरेको थियो । यो परीक्षा सञ्चालन हुन नसक्दा लाखौं विद्यार्थी अहिले अन्योलमा छन्’ प्रधानमन्त्रीले आफ्नो सम्वोधनमा भने, ‘अहिले तत्काल परीक्षा सञ्चालन गर्न सकिने अवस्था पनि विद्यमान छैन ।’
तर, विद्यार्थीको भविश्य खेर जान नदिने बताउँदै प्रधानमन्त्रीले भने, ‘एसईईका परीक्षार्थी विद्यार्थीहरुको सिङ्गो शैक्षिक बर्ष खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउनेछ ।’
प्रधानमन्त्री ओलीले विद्यालयहरुमा नयाँ शैक्षिक वर्षको पठन पाठनको व्यवस्थासमेत मिलाइने बताउँदै भने, ‘आवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुअल कक्षा’को समेत प्रयोग गरी सबै विद्यालयहरुमा नयाँ शैक्षिक बर्षअन्तर्गतको पठन/पाठन सञ्चालनको काम अघि बढाउनेछ ।’
सरकारले एसईई दिने विद्यार्थीहरुको समस्यालाई कसरी सम्वोधन गर्छ भन्ने प्रधानमन्त्रीको सम्वोधनमा स्पष्ट व्याख्या नभए पनि सम्भवतः यसबारे मन्त्रालयले प्रष्ट कार्ययोजना ल्याउने छ ।
शिक्षा मामिलाका जानकारहरुले एसईई परीक्षा नै खारेज गरिनुपर्ने र सो तहका परीक्षार्थीहरुलाई स्वतः ११ कक्षामा भर्ना गरिनुपर्ने सुझाव दिँदै आएका छन् ।
सम्बन्धित खबर
शिक्षामन्त्री पुनले भने- कति साह्रै हावा कुरा गरेको हाउ यो दुर्गा भाइले !
हेटौँडामा बिहानै भत्काउन थालियो सडक छेउका घर तथा संरचनाहरू
आगजनी गर्ने बानी भयो भने भोलि जो कोहीले जो कसैलाई जलाउन सक्ने चिन्ता भएको छ: प्रधानमन्त्री
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’