काठमाडौं । कोरोना महामारीसँगै लम्बिएको लकडाउनका कारण एसईई परीक्षा रोकिएपछि भविश्यको चिन्तामा रुमलिएका लाखौं विद्यार्थीहरुको शैक्षिक वर्ष खेर जान नदिने सरकारले आश्वासन दिएको छ ।
सोमबार राष्ट्रका नाममा सम्वोधन गर्ने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले रोकिएको एसईई परीक्षा पुन सञ्चालन गर्न सकिने अवस्था नरहेको स्पष्ट पारे ।
तर, सरकारले विद्यार्थीको शैक्षिक वर्ष खेर जान नदिने गरी शिक्षा मन्त्रालयले योजना ल्याउने बताए ।
‘महामारीका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) सञ्चालन हुनुभन्दा २ दिन अगाडि स्थगित गर्नुपरेको थियो । यो परीक्षा सञ्चालन हुन नसक्दा लाखौं विद्यार्थी अहिले अन्योलमा छन्’ प्रधानमन्त्रीले आफ्नो सम्वोधनमा भने, ‘अहिले तत्काल परीक्षा सञ्चालन गर्न सकिने अवस्था पनि विद्यमान छैन ।’
तर, विद्यार्थीको भविश्य खेर जान नदिने बताउँदै प्रधानमन्त्रीले भने, ‘एसईईका परीक्षार्थी विद्यार्थीहरुको सिङ्गो शैक्षिक बर्ष खेर जान नदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले छिट्टै आवश्यक प्रबन्ध मिलाउनेछ ।’
प्रधानमन्त्री ओलीले विद्यालयहरुमा नयाँ शैक्षिक वर्षको पठन पाठनको व्यवस्थासमेत मिलाइने बताउँदै भने, ‘आवश्यक नीतिगत व्यवस्थासहित मन्त्रालयले ‘भर्चुअल कक्षा’को समेत प्रयोग गरी सबै विद्यालयहरुमा नयाँ शैक्षिक बर्षअन्तर्गतको पठन/पाठन सञ्चालनको काम अघि बढाउनेछ ।’
सरकारले एसईई दिने विद्यार्थीहरुको समस्यालाई कसरी सम्वोधन गर्छ भन्ने प्रधानमन्त्रीको सम्वोधनमा स्पष्ट व्याख्या नभए पनि सम्भवतः यसबारे मन्त्रालयले प्रष्ट कार्ययोजना ल्याउने छ ।
शिक्षा मामिलाका जानकारहरुले एसईई परीक्षा नै खारेज गरिनुपर्ने र सो तहका परीक्षार्थीहरुलाई स्वतः ११ कक्षामा भर्ना गरिनुपर्ने सुझाव दिँदै आएका छन् ।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष