जाजरकोट – रुकुम पश्चिमको चौरजहारी नगरपालिका ८ सोतीगाउँमा गत शनिबार भएको घटनामा बेपत्ता भएका भेरी नगरपालिका–११ मटेलाका १९ वर्षीय गोविन्द शाहीको शव फेला परेको छ ।
प्रहरीका अनुसार उनको शव मंगलबार भेरी नगरपालिका–१२, खोताखोलास्थित भेरी नदीमा फेला परेको हो ।उनको शव भेरी कपडाले टाउको बाँ’धेको, दाँत भाँ’चिएको र टाउको फुटेको अवस्था फेला परेको खोजतलासमा जुटेका छवि पन्तले जानकारी दिनुभयो ।
यस भन्दा अघि ५ जना युवाको शव भेटिइसकेको छ। यससँगै सोतीबासीको आक्रमणमा परेर ज्यान गुमाउनेको संख्या पनि ६ पुगेको छ।
बेपत्ताको शव घटनास्थलभन्दा करिब २० किलोमिटर टाढा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीका अनुसार शव पोस्टमार्टमका लागि जाजरकोट अस्पताल लगिएको छ । पोस्टमार्टम रिपोर्टपछि उनको मृत्युको कारण खुल्ने उनको भनाइ छ । स्थानीयले भने उनको हत्या गरेर नदीमा फालिएको दाबी गरेका छन् ।
यसअघि बेपत्तामध्ये जाजरकोटको छेडागाड नगरपालिका-१३ स्थित कालाभीर नजिक भेरी नदीको किनारमा भेरी नगरपालिका–४ का १९ वर्षीय सञ्जु विकको शव जेठ १५ मा फेला परेको थियो।
त्यसअघि बुधबार भेरी नगरपालिका-११ का २० वर्षीय लोकेन्द्र सुनारको शव भेरी नदीमा तैरिरहेको अवस्थामा फेला परेको थियो। ६ जना मध्ये दुई जनाको शव घटनालगत्तै फेला परेको थियो।
सम्बन्धित खबर
आज नयाँ प्रधानमन्त्रीको नियुक्ति र शपथ
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष