जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले लिम्पियाधुरासहितको नक्सा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक नै खारेज हुनुपर्ने भनी संशोधन दर्ता गराएकी छन् ।
गिरीले बुधबार संसद सचिवालयमा दिएको संशोधनको सूचनामा स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन भनिएको छ । दफा २ मा नेपालको नयाँ नक्सा बमोजिमको अनुसूची संशोधन गर्नेगरी सरकारले विधेयक प्रस्तुत गरेको छ ।
विधेयकमाथि मंगलबार प्रतिनिधिसभामा सैद्धान्तिक छलफल भएको थियो । जुन छलफलमा जसपाकै नेताहरू लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठले पनि सरकारले पेस गरेको संविधान संशोधन विधेयकको पक्षमा बोलेका थिए।
सांसद गिरीले भने प्रमाण र तथ्यविनाको उक्त विधेयक खारेजीको सूचना दिएकी छन् । उनले भारतलाई नसोधी नक्सा प्रकाशन गरिएको भन्दै यसअघि नै संसदमा विरोध गरेकी थिइन् ।
संशोधन फिर्ता नलिए सरिता गिरीलाई कारबाही गर्ने समाजवादी पार्टीको चेतावनी
समाजवादी पार्टीले निशान छापमा नयाँ नक्सा समेट्न सरकारले ल्याएको संशोधनमाथि संशोधन प्रस्ताव दर्ता गराएकी सरिता गिरीलाई कारबाहीको चेतावनी दिएको छ। समाजवादी पार्टी र राजपा नेपाल मिलेर जनता समाजवादी पार्टी बने पनि अहिलेसम्म दुवै दलले संसदभित्र एउटै दलको मान्यता पाएका छैनन्।
समाजवादी पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले पार्टीका तर्फबाट गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन्। ’हामीले दललाई नसोधिकन दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका छौं’, अरगरियाले सेतोपाटीसँग भने, ’नभए पार्टीका तर्फबाट कारबाही गर्ने उल्लेख गरेको छु।’
गिरीले नयाँ नक्सालाई नेपालको निशान छापमा समेट्न सरकारले ल्याएको विधेयकको विरोध जनाएकी थिइन्। उनले संशोधनमा लिम्पियाधुरा र कालापानी समेट्न स्रोत र प्रमाण नखुलेको बताएकी थिइन्। त्यसअघि प्रतिनिधिसभा बैठकमा समेत उनले त्यस्तै धारणा राखेपछि सांसदहरू उनीविरूद्ध खनिएका थिए।
भारत बिहारको हाजिपुर–सोनपुरमा जन्म भएकी गिरीलाई लक्षित गर्दै नेकपाकी सांसद गंगा चौधरीले केही दिनअघि ‘भारतीय चेली’को संसदमा दादागिरी देखिएको टिप्पणी गरेकी थिइन्। जसलाई हटाउन उनले संसदमा सभामुखसमक्ष माग गरेकी थिइन्।
युवा संघको माग– सरिता गिरीलाई कारबाही गर
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी निकट राष्ट्रिय युवा संघ नेपालले सांसद सरिता गिरीलाई कारबाही गर्न माग गरेको छ ।
राष्ट्रिय युवा संघले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै जनता समाज पार्टीकी नेतृ समेत रहेकी गिरीले संसदमा दिएको अभिव्यक्ति असंवैधानिक, राष्ट्रहित प्रतिकुल एवं देशको स्वाभिमानमाथि आँच आउने खालको र राष्ट्रहित विपरितको हर्कत भएको भन्दै कारबाहीको माग गरेको हो ।
युवा संघले भनेको छ, ‘यस्तो गैर आचरण र कार्य गर्ने निजलाई कानुन बमोजिम कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।’
राष्ट्रिय युवा संघले यस्तो गैर जिम्वेवार व्यक्तिलाई संसद सदस्यबाट अविलम्व फिर्ता वोलाउन सम्वन्धित राजनीतिक दलसँग आग्रह समेत गरेको छ ।
नेतृ गिरीले संसद तथा विभिन्न सञ्चार माध्यमहरूमा राष्ट्रिय हीत र सीमानाको सुरक्षा विपरित अभिव्यक्ति दिएको भन्दै युवा संघले आपत्ति जनाएको हो ।
सरिता गिरीलाई पदमुक्त गरी कारबाही गर्न तरुण दलको माग
नेपाल तरुण दलले सांसद सरिता गिरीलाई पदमुक्त गरी कारबाही गर्न माग गरेको छ । एक विज्ञप्ति जारी गर्दै तरुण दलले सांसद गिरीलाई तत्काल पदमुक्त गरी कारबाही गर्न सरकारसँग माग गरेको हो ।
सांसद गिरीले हालै एक टेलिभिजन अन्तर्वार्तामा नेपालका भूमिहरु लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई नेपालका होइनन् भनेर अभिव्यक्ति दिएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै तरुण दलले राष्ट्रघाती अभिव्यत्ति दिने सांसदलाइ तत्काल पदमुक्त गरी कारबाही गर्न माग गरेको हो ।
लिम्पियाधुरा नेपालको नभएको भनी सार्वजनिक रुपमा टेलिभिजन मार्फत अन्तरवार्ता दिनु मुलुकको स्वतन्त्रता, राष्ट्रिय अखण्डता, स्वाभिमान, राष्ट्रिय एकता विरुद्धको अभिव्यक्ति भएको तरुण दलको ठहर छ ।
तरुण दलले सांसद गिरीलाई उक्त अभिव्यक्ति सच्याउन पनि माग गरेको छ । तरुण दलले राष्ट्रघाती अभिव्यक्ति दिने सांसद गिरीलाई कारबाहीको प्रक्रिया सुरु गर्नुको साटो सरकार मौन बसेको विषयमा पनि आपत्ति जनाएको छ ।
‘केपी ओली नेतृत्वको नेकपाको सरकार, सभामुख तथा सम्बन्धित संस्थाहरु राष्ट्रियताको विषयमा झण्डै तीन करोड नेपाली जनतालाई चोट पर्ने गरी बोलेकोमा संसद पदबाट निलम्बन गर्ने देखि हदै सम्मको कारबाही गर्ने प्रक्रिया थाल्नुको सट्टा मौन बस्नु नेपाल तरुण दललाई असह्य भएको छ । उक्त राष्ट्रघाती सांसदलाई तत्काल पदमुक्त गरी कारबाही गर्न माग गर्दै यस्ता अराष्ट्रिय तत्वहरुलाई कारबाहीको लागि जोड्दार माग गर्दछ’, तरुण दलको विज्ञप्तिमा उल्लेख छ ।
सम्बन्धित खबर
प्रधानमन्त्री कार्कीको बिदाइ सम्बोधन: नयाँ सरकारलाई शुभकामना, देशको उज्यालो भविष्य देखिरहेको छु
आजै मन्त्रीकाे नाम टुंग्याउने तयारी, पार्टी कार्यालयबाट एउटै गाडीमा निस्किए रवि–बालेन
रविको प्रस्तावमा बालेन बने रास्वपा संसदीय दलको नेता, प्रधानमन्त्री बन्न बाटो खुल्यो
नयाँ सांसदहरूले लिए सपथ, ४७ जनाले लिए मातृभाषामा शपथ
रास्वपाले ल्याएको दुई तिहाइ जादुगरले हात हल्लाउँदा परेवा निकालेजस्तो: ओली
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने